थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १५६७ पुग्यो

१८ जेठ, काठमाडौं । आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको मन्त्रालयले जनाएको छ ।

Comments

comments

Read More