ताम्सलिङ बहुलराष्ट्रिय राज्यबारे: -सिङ्ग मोक्तान तामाङ

काठमाण्डौ: २९ जेष्ठ २०७७:

ताम्सलिङ के हो?:

ताम्सालिङ तामाङ जातिको ऐतिहासिकता, ऐतिहासिक निरन्तरता, भूगोल, जनसंख्या लगायतको आधारमा प्रस्ताव गरिएको एक नयाँ राज्यव्यवस्था हो । तर यस राज्यमा तामाङ जाति बाहेक अन्यलाई बराबर रुपमा सत्ता सन्चालन गर्न दिईनेछ। यसलाई बहुलराष्ट्रिय लोकतन्त्रिक विधीअनुसार सन्चालन गरिनेछ वा गरिनुपर्दछ। ताम्सालिङ प्राप्तिको सघंर्ष सदियौंदेखि राज्यले योजनाबद्व रुपमा उत्पिडनमा पारेको वा पारिएको समूदायलाई माथि ल्याउँनु वा पुर्याउँनुसँग सम्बन्धित छ।

ताम्सलिङ किन चाहिन्छ?:

क) उत्पिडित जातिहरुको खोशिएको सत्ता पुनर्स्थापना गर्नको लागि।
ख) जातीय उत्पिडन अन्त्य गर्नको लागि।र राज्यद्वारा योजनाबद्व रुपमा दमनमा पारिएको जातिको पहिचानको लागि वा अात्मगौरवको लागि।
ग) वर्गिय समानताको लागि।
घ) लोकतन्त्रलाई अझ उन्नत बनाउँनको लागि।
ङ) भाषिक,क्षेत्रिय लिंगीय लगायतका उत्पिडनलाई अन्त्य गर्नको लागि।।
च) वैज्ञानिक प्रकृतिवादी समाज व्यवस्था निर्माण गर्नको लागि।

ताम्सलिङ प्राप्तिका आधारहरु:
क) हन्टिङटनले भनेझैं मान्छेलाई जत्तिसुकै अधुनिकताले छोएपनि हामी को हौं भन्ने खोज्नु।
ख) विश्वकै उत्पिडित जाति,वर्गहरु आफ्नै पार्टी निर्माणतर्फ अघि बढ्नु।
ग) समाजमा जाति,वर्ग संघर्ष हुनु।
घ) संसारभरी प्राकृतिक स्रोत साधनको अत्याधिक दोहन भईरहेको छ।
ङ) ”अब विश्व राजनीति सभ्यताबीचको हुनेछ र स्थानीय राजनीति जातीय राजनीति हुनेछ।”
-हन्टिङटन मत
च) पृथ्वीको आयू विश्वको आदिवासीहरुले बचाउँदै आईरहेको छ।
-नोम चोम्स्की मत
छ) पृथ्वीको आयू छोट्टिदैछ।
-स्टेफिन हकिङ मत

ज) तीनवटा खतराले आज मानव जातिको अस्तित्व समाप्त पार्न सक्छन।ती हुन आणविक युद्ध,पर्यावरणको विनाश र प्रविधिले निम्त्याउने विनाश।हामीले यिनै तीन मुद्धामा केन्द्रित भएर सोच्नु पर्छ।

-जनवरी २१ देखि २४ सम्म भएको वर्ल्ड इकोनोमिक फोरमको डाभोस सम्मेलनमा इतिहासकार तथा दार्शनिक युभल नोह हरारीले राखेको मन्तव्यबाट:

झ) वास्तविकता यो छ कि आदिवासी जनसंख्या ज्यादतर ईतिहासको दुर्घटनाले बनेको उनीहरुको मालिकहरुसँग उनीहरुलाई शासन गर्ने शाश्वत अधिकार छ भन्ने कुरा स्वीकार गर्न अनिच्छुक देखिन्छ।
-ग्राहम ई फुलर,रिड्राईङ वल्ड अर्डर

ताम्सलिङ प्राप्तिको कार्यदिशा:

ताम्सलिङ प्राप्तिको कार्यदिशा भन्नाले ताम्सलिङ कसरी ल्याउँने र त्यसको लागि कसरी लँडने त?भन्ने कुराको तरिका भन्ने रुपमा बुँझ्न जरुरी छ।यसको लागि निम्न कुराको आवश्यक छ।

क) राजनैतिक दर्शनको आवश्यक छ।

ताम्सलिङ प्राप्तिको संघर्षको लागि आफ्नो छुट्टै दर्शनको आवश्यक छ। उदारवादीहरु त ताम्सलिङ प्राप्तिको संघर्षलाई स्वीकार्दे स्वीकार्देनन भने कम्युनिस्टहरु यसलाई आफ्नो स्वार्थ पूर्तिको लागि मात्र उपयोग गर्छन।उनीहरुको नेतृत्वमा ताम्सलिङ प्राप्ति भईहालेमा पनि त्यो नाम मात्रको हुनेछ।उनीहरु आदिवासी सत्ताको अस्तित्वलाई स्वीकार्दे स्वीकार्देनन।आदिवासी सत्तालाई पछौटे,अवैज्ञानिक,अलोकतान्त्रिकको संज्ञा दिन्छन।त्यसैले आदिवासी सत्ता लगायत सबै उत्पडित जाति,वर्गलाई अटाउँने खालको विचार विकास गर्दे ताम्सलिङ प्राप्तिको संघर्षलाई अगाडि बढाउँन जरुरी छ।

ख) भावना र सचेतनाबीचको अन्तर्यलाई बुँझ्न जरुरी छ।

भावना र सचेतनावीचको अन्तर्यलाई बुँझ्न सकिएन भने ताम्सलिङ प्राप्ति सम्भव छैन।भावनाले हामीलाई अरुले हेप्यो भन्ने मात्र बोध गराउँछ सचेतनाले त्यसको विरुद्वमा लड्ने बाटो पत्ता लगाउँछ।भावनाले एकदुई दिने संघर्षबाट नै ताम्सलिङ प्राप्ति हुन्छ भन्छ सचेतनाले सचेत धक्कासहितको बिद्रोहबाट मात्रै ताम्सलिङ प्राप्ति सम्भव छ भन्छ।भावनाले जनता आफैँ जाग्छ भन्छ सचेतनाले जनता आफैँमा बुर्जुवा हुन्छ त्यसैले जगाउँनुपर्छ भन्छ।भावनाले क्रान्ति भनेको बन्दुक पडकाउँनु हो भन्ने रुपमा बुझ्छ सचेतनाले क्रान्ति भनेको राणानीतिक योजनासहितको सचेत प्रयत्न हो भन्ने बुझाउँछ।भावनाले म सक्षम छैन भन्दै अरु नेतृत्व खोज्दै हिडछ सचेतनाले म आफैँ नेतृत्व गर्छु भन्ने बोध गराउँछ।भावना र सचेतताबीचको अन्तर्यलाई बुँझ्न नसकेकै कारणले गर्दा नै अहिलेसम्म उत्पिडित जाति,वर्गमा नेतृत्व जन्मिन नसकेको हो।भावनाले हामीलाई अरुको पिछालग्गु बनाउँछ भने सचेतताले आफैं नेतृत्व गर्नुपर्छ भन्ने बोध गराउँछ।नेतृत्व जन्मिन नसके पछि ताम्सलिङ प्राप्तिको संघर्ष अगाडि बढाउँन सकिँदैन।त्यसैले सचेततासहितको नेतृत्व उत्पादन गर्न तर्फ सबै उत्पिडित जाति वर्ग लाग्नुपर्ने आजको आवश्यकता हो।ताम्सलिङ प्राप्तिको संघर्षमा हामीले यश कुरालाई विशेष ध्यान दिन जरुरी छ।

ख) चार तयारी आवश्यक छ।
चार तयारी भन्नाले ताम्सलिङ प्राप्तिको संघर्ष सुरु गर्नको लागि आवश्यक तयारी भन्ने रुपमा बुँझ्न जरुरी छ।यश अन्तर्गत निम्न तयारीहरु पर्दछ:

क) वैचारिक तथा सैद्वान्तिक तयारी:

ताम्सलिङ प्राप्तिको संघर्षमा वैचारिक तथा सैद्वान्तिक तयारी गरेकै छैन भन्दा फरक पर्देन।यदि हामीमा वैचारिक तथा सैद्वान्तिक तयारी हुदोँ त हामी भावनात्मक संघर्षमा अल्झेर बस्ने थिएनौं।अहिलेसम्मको हाम्रो संघर्ष हामी पछि पर्यो,राज्यले हामीलाई पेल्यो वा हेप्यो त्यसको लागि लडँनुपर्छ भन्ने सम्मको मात्र भयो।हो हामीलाई राज्यले पेलेकै हो अनि हेपेको,चेपेको पनि हो।तर त्यत्ति भन्दैमा ताम्सालिङ प्राप्ति हुदैँन।त्यसको विरुद्वमा कसरी लडँने त?त्यसको कार्यदिशा के हुने त ?वा कस्तो बनाउँने त?यश बिषयमा खाशै बहस भएकै छैन।अनि हाम्रो संघर्ष सहरी संघर्ष त्यसमा पनि एकदुई दिने संघर्षमा मात्र सिमित छ।यसो हुनुको मुख्य कारण हामीमा स्पष्ट कार्यदिशा नहुनु हो।यी सबैको हल वैचारिक तथा सैद्वान्तिक तयारीमार्फत गर्न जरुरी छ।यसअन्तर्गत हामीले निम्न कार्यहरु गर्न जरुरी छ।

*ताम्सलिङ अध्ययन केन्द्र गठन गर्न जरुरी छ।
*ताम्सलिङको स्पष्ट खाका कोर्न जरुरी छ।
*ताम्सलिङ साहित्य,दर्शन,कला,शिक्षा नीति लगायत सबै बिषयमा अध्ययन गर्न जरुरी छ।
*ताम्सलिङ सम्बन्धि दस्तावेजहरु लेख्न जरुरी छ।
*ताम्सलिङ प्राप्तिको कार्यदिशा कोर्न जरुरी छ।
*राणानीति र कार्यनीतिहरु स्पष्ट पार्न जरुरी छ।ईत्यादि।

ख)राजनीतिक तथा कुटनीतिक तयारी:

राजनीतिक तथा कुटनीतिक तयारी पनि ताम्सलिङ प्राप्तिको संघर्षको लागि अति महत्वपूर्ण सवाल हो।यस खाले तयारी ताम्सलिङ प्राप्तिको संघर्षमा भएकै छैन भन्दा फरक पर्देन।यस अन्तर्गत पार्टी निर्माण देखि नेतृत्व र कार्यकर्ता पंति निर्माण,
देशव्यापी संगठन विस्तार,अन्तराष्ट्रिय संगठन विस्तार,अन्तराष्ट्रिय शक्ति सन्तुलन र भुराजनीतिक जटिलताबारे जानकार र तिनको ताम्सलिङ प्राप्तिको संघर्षमा कसरी उपयोग गर्न सकिन्छ त?त्यसबारे कार्यनीतिहरु विकास गर्दे संघर्षको पहलकदमि लिने कुराहरु पर्दछ।

ग)सुरक्षा दस्ता सम्बन्धि तयारी:

ताम्सलिङ प्राप्तिको संघर्षमा सुरक्षा दस्ताको पनि अत्यन्त महत्त्वपूर्ण स्थान रहन्छ।संसारको जुनसुकै संघर्ष सुरक्षादस्ता बिना सफल भएको देखिद‌ैँन।माओवादीले सुरु गरेको १० वर्षे जनयुद्व उत्कर्षमा पुग्न सक्नुको मुख्य कारण यहीँ हो।यसो भन्दै गर्दा सुरक्षादस्ताहरुलाई विचारद्वारा लैश पार्नुपर्छ भन्ने कुरालाई भने हामीले भुल्नु हुदैँन।यदि सुरक्षादस्तालाई विचारद्वारा लैश पारिएन भने कि त त्यो संघर्ष दुस्साहसवाद वा अंताकावादमा फस्न पुग्छ कि त प्रतिक्रियावादीहरुको गोटी बन्न पुग्दछ।यश विषयमा हामी अत्यन्तै चनाखो हुन जरुरी छ।

घ)आर्थिक तयारी:

आर्थिक तयारी अन्तर्गत ताम्सलिङ प्राप्तिको संघर्ष सुरु गर्नु अघिको तयारी देखि लिएर सुरु भईसकेर प्राप्ति नभईन्जेल सम्मको लागि आवश्यक स्रोत जुटाउँनु,सत्ता सन्चालन भईसकेपछिको आर्थिक मोडल कस्तो बनाउँने?र त्यसलाई व्यवहारमा कसरी लागू गर्ने वा गराउँने ?देखि लिएर पार्टीलाई आवश्यक पर्ने सबै अर्थको व्यवस्थापन गर्ने कार्य पर्दछ।

ग) चार साधनको आवश्यक छ।

चार साधन भन्नाले पार्टी,सत्ता,सुरक्षा दस्ता र संयुक्त मोर्चालाई बुँझ्न जरुरी छ।यी चार चीजको आवश्यकता बिना ताम्सलिङ प्राप्तिको संघर्ष अधुरो हुन्छ।

क) पार्टी:
ताम्सालिङ प्राप्तिको लागि लड्ने हाम्रो आफ्नै पार्टी हुन जरुरी छ।हाम्रो आफ्नै पार्टी बिना ताम्सलिङ प्राप्ति असम्भव छ।केही समयअघि मात्रै प्रदेश न० ३को नामाकरण गर्ने बेला नेपाली कांग्रेस र सत्तारुढ नेकपाले केन्द्रबाटै लगाएको ह्विपबाटै प्रष्ट हुन्छ कि हाम्रो आफ्नै पार्टी बिना ताम्सलिङ कुनै पनि हालतमा प्राप्ति असम्भव छ।त्यसको लागि नेपालको सबै उत्पिडित जाति,वर्ग,लिंग,क्षेत्र,
भेगको उत्पिडनको मुद्वालाई समेटेर नयाँ राजनीतिक दलको गठन गर्न जरुरी छ।उदाहरणको लागि बहुलराष्ट्रिय समाजवादी पार्टी,सामुदायिक समाजवादी पार्टी,वैज्ञानिक प्रकृतिवादी पार्टी ईत्यादि।

ख) सत्ता:
ताम्सालिङ प्राप्तिको संघर्ष भनेकै सत्ता प्राप्तिको संघर्ष हो।संघर्षको दौरानमा हामीले हाम्रो पुरानो सत्ताहरु ब्युँउताउन जरुरी छ।
र उदारवादी सत्ता संरचना गाउँपालिका,
नगरपालिका संरचनाको विकल्प दिन जरुरी छ।पुरानो सत्ता भन्नाले चोहो प्रणाली,मईनजन प्रणाली,बडघर प्रणालीलाई बुँझ्न जरुरी छ।जुन तथाकथित आधुनिक सत्ताभन्दा वैज्ञानिक,लोकतन्त्रिक र समावेशी थियो।ती सत्तालाई हामीले गाउँगाउँमा ब्युँताएर ताम्सलिङ प्राप्तिको संघर्षमा होम्याउँन जरुरी छ।तथाकथित पुरानो सत्ताको विकल्पमा सबैखाले सत्ता संरचना विकास गराउँदै लान जरुरी छ।यसखाले संघर्षमा तामाङ जातिलाई मात्र होम्याउँने गल्ती भने हामीले गर्नुहुदैँन।

ग) सुरक्षा दस्ता:
सुरक्षा दस्ताको काम भनेको ताम्सलिङको संरक्षण गर्नु हो।यसको लागि उसले हर दुश्मनसँग लडँनुपर्ने हुन सक्छ।त्यसैले उ सदैव तम्तयार अवस्थामा रहन जरुरी छ।यसखाले सुरक्षा दस्ता वैचारिक सैद्वान्तिक हिसावले खारिएका,सैन्य ज्ञान भएका,सूचना प्रविधि सम्बन्धि उच्च ज्ञान भएका र कुशल आज्ञापालक हुन जरुरी छ।यस्ता सुरक्षा दस्ताको निर्माण योजनाबद्व र सचेत ढङगले गर्न जरुरी छ।

घ) संयुक्त मोर्चा:
हुन त संयुक्त मोर्चा पनि एकखाले सत्ता पनि हो तर यो यत्तिमा मात्र सिमित छैन।यस अन्तर्गत बहुलजातीय मोर्चा,युवा,विद्यार्थी,
महिला,मजदुर,बुद्धिजीवी,नगरिक मन्च लगायत खुल्ला र गोप्य मोर्चाहरु पर्दछ।ग्रामीण संघर्षको दौरानमा बहुलजातीय मोर्चा,युवा,विद्यार्थी,महिला,मजदुर मोर्चाको मुख्य भूमिका रहन्छ भने सहरी संघर्षमा बुद्धिजीवी,नगरिक मन्च लगायत मानवअधिकारवादी,खुल्ला मोर्चाहरुको मुख्य भूमिका रहन जान्छ।

घ) कटिबद्व नेतृत्वपङति र कार्यकर्ता आवश्यक:
ताम्सलिङ प्राप्तिको लागि कटिबद्व नेतृत्वपङति र कार्यकर्ताको आवश्यक छ।ती पङति निस्वार्थ भावले लागेकाहरु हुन जरुरी छ।त्यत्ति मात्र नभएर विचारद्वारा खारिएका
,सैनिक,कुटनीतिक,प्राबिधिक सबै हिसाबले अब्बल हुन जरुरी छ।यसखाले नेतृत्व र कार्यकर्ता पङतिको विकास योजनावद्व रुपले बढी भन्दा बढी गर्न जरुरी छ।

ङ) समय र वस्तुगत परिस्थितिअनुसार नयाँ नयाँ कार्यनीति विकास गर्न जरुरी।

कस्तो कार्यनीति बनाउँने भन्ने कुरा धेरै हदसम्म दुश्मनको कार्यनीतिमा भर पर्छ।दुश्मनले कस्तो कार्यनीति बनाउँछ त्यो अनुसार हामीले पनि हाम्रो कार्यनीतिहरु निरन्तर विकास गरिरहनुपर्छ।उदाहरणको लागि हाम्रो दुश्मनले कुनै बाह्य शक्तिलाई हातमा लिएर हामीलाई आक्रमण गर्न थालियो भने कि त त्यो बाह्य शक्तिलाई हामीले आफूतर्फ ढल्काउँने प्रयास गर्नुपर्छ यदि त्यसो गर्न सकिएन भने हामी पनि उसको दुश्मन शक्तिलाई हातमा लिएर अगाडि बढन सक्नुपर्छ।यस्तो कार्यनीतिहरु सेकेन्ड सेकेन्डमा परिवर्तन हुन सक्छ।यस्तोमा हामीले साम,दाम,दन्ड,भेदको कार्यनीतिहरु अपनाउँनुपर्ने परिस्थिति पनि आईपर्न सक्छ।त्यसैले त्यसको लागि हामी सदैव चनाखो रहनुपर्दछ।

यदि यी सबै चीजलाई ध्यान दिएर अघि बढेमा ताम्सलिङ प्राप्ति सम्भव छ।यसको लागि पुरानो पुस्ता तयार नभए पनि नयाँ पुस्ता डटेर लाग्न जरुरी छ र समग्र देश र विश्वलाई नै नयाँ मार्गतर्फ डोर्याउँन जरुरी छ।यो युग बदल्ने संघर्षमा गर्वका साथ छाती फुलाएर आजै देखि लागौं।धन्यवाद।

Comments

comments

Read More