सरिता गिरीलाई सांसद र पार्टीको साधरण सदस्याबाट निलम्वन गर्दै, यस्तो छ तयारी

सरिता गिरीलाई सांसद र पार्टीको साधरण सदस्याबाट निलम्वन गर्दै, यस्तो छ तयारी

काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेको भन्दै हटाउन लागिएको हो ।

गिरीलाई पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा बाबुराम भट्टराई गोरखामा भएकाले दुबै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधाराण सदस्याटसमेत हटाउने भएको छ ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ । समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन ।

Comments

comments

Read More