एडिबीद्धारा सरकारलाई ३ करोड बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

एडिबीद्धारा सरकारलाई ३ करोड बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । एशियाली विकास बैंक (एडिबी) ले ३ करोड रुपैयाँभन्दा बढीका स्वास्थ्य सुरक्षा सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

कोभिड–१९ विरुद्ध अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न एडीबीले संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) लाई प्रदान गरेको तीन लाख डलर बराबरको अनुदानबाट सुरक्षा सामग्री किनेर आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

कोभिड–१९ महामारीविरुद्ध जारी प्रतिकार्यमा नेपाललाई सघाउन आज हस्तान्तरण गरिएका आपत्कालीन स्वास्थ्य सामग्री तथा उपकरण नेपालभरिका कोभिड–१९ अस्पतालमा ‘आइसोलेशन वार्ड’ तयार गर्न प्रयोग हुने एडिबीले जनाएको छ ।

त्यसैगरी युनिसेफले कोभिड–१९ फैलिन नदिन नेपाल सरकार तथा अन्य साझेदारसँग निकट सम्पर्कमा रहेर सहकार्य गरिरहेको र सक्दो सहयोग पनि गरिरहेको बताइएको छ ।

Comments

comments

Read More