मंगलबार थप २०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १६ हजार १६८ पुग्यो

२३ असार, काठमाडौं । मंगलबार थप २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार थप २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

मंगलबार कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या ६८८ रहेको छ । यीसहित हालसम्म कुल ७ हजार ४ सय ९९ जना कोरोनामुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । ३५ जनाले ज्यान गुमाएका छन् ।

Comments

comments

Read More