बुधबार थप २५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १६४३३ पुग्यो

२४ असार, काठमाडौं । बुधबार नेपालमा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

त्यस्तै बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

Comments

comments

Read More