थप १०८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १६ हजार ५३१ पुग्यो

२५ असार, काठमाडौं । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

बिहीबार १ सय ३९ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्‍म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।

Comments

comments

Read More