आखिर मैले जोखिम मोलेर हाकिमको चुलो बल्दा मेरो चै निभ्नै पर्ने दिन कहिलेसम्म रहने ??

पोखरा, १२ श्रावण २०७७: दीपक तामाङ्ग

सरकारले लकडाउन खुकुलो बनायो । मान्छेहरू खुशी खुशी हिड्न थाले मानौ बर्षौदेखी उ हिड्न पाएको थिएन । भनौ यो भन्दा पहिला पखेटा काटेको चरा जस्तै थियो उ । तर अहिले छैन । उ उड्न सक्ने भएको छ । डुल्न सक्ने भएको छ । त्यसैले त डरलाई पाच कदम पछाडि राखेर निर्धक्क हिडिरहेका छन ।

तर म संकोच मान्दै बाध्यताले बिहान 45 र साझा 45 गरि 90 मिनेट हिड्दो रहेछु । दिउँसो कहिलेकाही 20-30 मिनेट हिड्दो हो । बाकी समय दुई पाङ्ग्रेको पछाडी बसेर कार्यस्थल बदल्दैमा बित्छ । जब कार्य स्थलमा पुगेर काम सुरु गर्न खोज्छु मेरो मनमा अनेकौ प्रश्नहरु यसरि आउछन कि मानौ वर्षको पानीले जताततै पानीको मूल फुटेको छ । र प्रश्न यसरि भन्डार भैदिन्छ कि म त पानी ट्यांकी जस्तो । मनले भन्छ त सुरक्षित छैन । आखाले तुरुन्तै सहमति जनाउदै पिक्चर देखाउन थाल्छ वरपरका अनेकौ सामन,फलामे बस्तुहरु । अनि आफैसंग प्रश्न गर्छु “के म साच्चै सुरक्षित छु त”?? चारैतिर नियाल्छु ।

अह!! आशा नगर भाइ फेरि मनले भन्छ । फेरि आफैलेआफैलाइ भन्छु पोजिटिभ सोच भाइ पोजेटिभ दिलको मात्रै  हैन दिमागको पनि सुन्ने गर । पाइल अगाडि बढ्छ फेरि आखाले फोकस गर्छ फलामलाई । फलाम??  अरे यसमा त भाइरस चौबिस घन्टा एक्टिभ हुन्छ । उफ!!!…….केही समय स्विच अफ गरेको मोबाइल जस्तै हुन्छु म । पुरै मौन ।

एकछिनपछी दिमाग चल्यो । एउटा आदेश आउँछ । आदेशले सेनिटाईजर लगा भाइ । सेनिटाइजर । हत्तारहत्तार झोला खोताल्छु । झोला रित्तो छ ।

बिचारा!!! म जस्तो कामदारको झोलामा कस्ले राख्देओस सेनिटाइजर । मनमनै भन्छु, सेनिटाइजर त अफिसमा बस्ने साहु, हाकिमहरुले लगाउने चिज हो भाइ तिमी जस्तो कामदारको लागि हैन । किनकि पुजीपतिको हैसियत देखाउने अहिलेको नया तरिका हो ।

फेरि मौन………।

 एकछिनको मौनता पछी मौनता तोड्दै एउटा निर्णय गरे, सेनिटाइजर आफै  किन्ने । किनकि हाकिमलाई त आफ्नो ज्यानको मात्र माया छ थोडी न मेरो । तिनको भरमा परेर आफ्नो जिन्दगी बर्बाद गर्नु मुर्खता हो । यसो हेरे । पसल रोडपारी रहेछ । गोजिमा हात हाले छामछाम छुमछुम गर्दा एउटा नोट निस्क्यो ।

कठैबरा!! पाच रुपैयाको राजा पो रहेछ । फिसिक्का हासे र मिलाएर त्यही गोजिमा राखे । र भने “राजा हजुर तपाईं आफ्नो सिंहसंन नछोड्नु भरपुर राज गर्नुस । कुनै कम्युनिस्ट आएर हजुरको राजमुकुट खोसिने वाला छैन । तपाईंको राजमुकुट सुरक्षित छ” ।

जुन जोस, जागर र उर्जाको साथमा पुगेको थिए फिल्डमा त्यो सबै स्वखलित भयो । यस्तो लाग्न थाल्यो कि बोसलाई स्टाफप्रती कुनै जिम्मेवारी निभाउनु नै छैन । उसलाई त केवल पैसासंग मात्र सरोकार छ । र त मेरो हालत यो छ । त्रासैत्रासमा काम सुरु भयो अनि अन्त्य पनि । साझा परेपछि अरु खुट्टा तन्काउन हिड्छन म चै कति बेला खुट्टालाई थन्काउन पाउला भन्दै छिटो धर्ती नाप्दै अगाडि बढ्छु ।

जब घरमा पुग्छु । सुरु हुन्छ प्रबचन । अरे जिन्दगी!!  कहिलेकाही यस्तो लाग्छ प्रबचन सुन्दा सुन्दा कुनदिन म पनि गौतम बुद्ध नै पो बन्ने होकि? सोचेर नसक्दै दिदिको आवाज आयो । “आज कति ठाउमा सेवा दिएर आउनु भयो समाजसेवी महाराजले”? कमाएर नल्याए पनि कम्तिमा सन्तोषको साथका बस्न त् देउ । “उ त्यहाँ नया चप्पल ल्याईदेको छु” । एकै स्वासमा भन्नुभयो । (अहो दिदिको माया एकछिन भावुक भए । खुशीको आँसु रसाउन थाल्यो ।) दिदी अलि सिरियस हुँदै भन्नू भयो । ”हैन है भाई यस्तो जोखिम मोलेर काम गरेर आफ्नो लागि दुइ पैसा पनि हुदैन भने किन हिड्न पर्यो”? सधैंभरी यसरी चल्छ ?? चल्दैन । त्यो त मलाई पनि थाहा थियो । तर जिन्दगीमा केही गर्छु भन्ने अठोट र साहस भने पक्कै छ दिदी भनेर भन्न मन लागेको थियो तर भन्न सकेन । यतिकैमा दिदिले फेरि भन्नुभयो “यो जोखिमको बेलामा जे पनि हुनसक्छ जिन्दगी भनेको एकचोटि पाउने चिज हो जागिर त पछि पनि पाइन्छ” ।

यतिकैमा कुरा काटेर मैले भने हजुरको कुरा सहि हो । तर म जस्तो भर्खरको मान्छेलाई भाइरस लाग्दैन दिदी ढुक्क हुनुस ।

ओहो! तिमी त पुरै रोबर्ट होल क्यारे है? अस्ति नर्स, पुलिसहरुलाइ नि कोरोना लाग्यो भन्ने समाचार सुनेन?? कि त्यतिबेला अन्धो, बैरो एकैचोटि भाथ्यो? अब भने मसंग कुनै उत्तर थिएन । डर त मलाई पनि थियो तर आत्मबल बलियो बनाउने बाहेक अरु उपाय केहि थिएन ।

 दिदीको प्रबचन सकेको थाहा पाएर होला भान्जा मेरो छेउमा आयो । मामा झोलामा के छ भन्दै झोला हेर्यो झोला रित्तो देखेपछि फेरि भन्यो “मामाले मलाई कहिले नि केही ल्याउनु हुन्न । मामाले मलाइ माया नै गर्नुहुन्न । उ रिसाए जस्तो गर्यो सायद मेरो झोला सधै खोल्दा रित्तो भेटेर होला । ल्याउन त मलाइ नि मन थियो । भान्जाको अनुहारमा खुशी देख्न मलाई नि रहर थियो । तर कम्युनिस्ट सरकार भएको देशमा मेरो खल्तिको राजाको मुकुटको कुनै भ्यालु नहुदो रहेछ । त्यसैले त मेरो झोला खाली हुन्छ सधै । र त दिदिको सहारामा आफुलाई सुरक्षित महसुस गर्दै छु ।

 सबैजना मौन ।

 दिदिको अघिको कुराले मलाई झस्कायो । सोचे दिदिले भनेको कुरा सहि छ । आखिर जागिर खाएर करोडौं कमाउला भन्ने नि छैन, घर ठडाउने पनि हैन, त्यहि पनि दिनहुुँ जोखिम मोलेर जागिर गर्ने चै किन ?? अन्ततः जागिर भनेको अरुको सामुन्ने गएर गिर्ने नै हो? आफ्नो सम्पुर्ण स्वाभिमान गुमाउने नै हो?? यस्ता प्रश्नहरुले मेरो चैन हराम गर्दिन्छ । अचेल यी र यस्तै प्रश्नहरुले दिनहु बज्रपात गरिरहन्छ मानौ म खोलाको चट्टान हु जसलाई खोलाको भेलले दिनहु बज्रपात गरिरहन्छ । थाहा छैन मैले जोखिम मोलेर हाकिमको चुलो बल्ने दिन कहिलेसम्म रहने हो तर आशा गरौ कि चाडै हामीक र मेरो बिचको ग्याप कम हुनेछ ।

Comments

comments

Read More