बिहीबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टि, डिस्चार्ज हुनेको संख्या २२७

१५ साउन, काठमाडौं । बिहीबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयले जनाएको छ ।

बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ ।

Comments

comments

Read More