शनिबार थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या २० हजार ८६ पुग्यो

१७ साउन, काठमाडौ । शनिबार थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

कोरोनाका कारण ५६ जनाको मृत्यु भएको छ भने १४ हजार ४९२ जना निको भएका छन् ।

Comments

comments

Read More