बुधबार उपत्यकामा ६१ सहित थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि

२१ साउन, काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा ६१ सहित थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्मको कुल संक्रमित संख्या २१ हजार ३ सय ९० पुगेको छ । उनिहरु मध्ये ६० जनाले ज्यान गुमाएका छन् ।

बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् ।

Comments

comments

Read More