सोमबार थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

२२ भदौ, काठमाडौं । सोमबार देशभर थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा थप ९७९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७३६ जना कोरोना निको भइ घर फर्किएका छन् । हालसम्म ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा मात्र कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ३०० जनाको मृृत्यु भएको छ ।

Comments

comments

Read More