मंगलबार उपत्यकामा ३९६ सहित थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

२३ भदौ, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा ३९६ सहित देशभर थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा थप ९०३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र २ हजार २८७ जना निको भएका छन् । हालसम्म ३२ हजार ९६४ जना कोरोनामुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ३०६ जनाको मृत्यु भइसकेको छ ।

Comments

comments

Read More