बुधबार उपत्यकामा ४६४ सहित थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

२४ भदौ, काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा ४६४ सहित थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा थप १०८९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा हालसम्मको कुल संक्रमित संख्या ४९ हजार २१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९१८ जना कोरोना मुक्त भएका छन् ।बुधबार सम्ममा ३३ हजार ८८२ कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । यीसहित कोरोनाबाट ३१२ जनाको मृत्यु भएको छ ।

Comments

comments

Read More