शनिबार उपत्यकामा ४३१ सहित थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

२७ भदौ, काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा ४३१ सहित थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा ४१६ महिला र ७८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्मको कुल संक्रमित संख्या ५३ हजार १२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८५२ जना डिस्चार्ज भएका छन् । हालसम्म ३७ हजार ५२४ जना डिस्चार्ज भएका छन् ।
त्यस्तै विगत २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ३३६ जनाको मृत्यु भएको छ ।

Comments

comments

Read More