आइतबार काठमाडौ उपत्यकामा ५९७ सहित थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

२८ भदौ, काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ५९७ सहित देशभर थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा थप १०३९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् ।यससँगै ३८ हजार ६९७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै कोरोनाका कारण ३४५ जनाको मृत्यु भइसकेको छ ।पछिल्लो २४ घण्टामा मृतक ९ जनामा कोरोना पुष्टि भएको छ ।

Comments

comments

Read More