सोमबार उपत्यकामा ५१२ सहित ११७० जनाका कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

२९ भदौ, काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ५१२ सहित ११७० जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा थप ११७० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् । हालसम्म ३९ हजार ५७६ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै सोमबार थप १५ जनाको मृत्यु भएको छ ।हालसम्म कोरोनाबाट २६० जनाले ज्यान गुमाइसकेका छन् ।

Comments

comments

Read More