मंगलबार उपत्यकामा ६७३ सहित थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

३० भदौ, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा ६७३ सहित थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६२ जना कोरोना मुक्त भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ४० हजार ६३८पुगेको छ । त्यस्तै विगत २४ घण्टामा ११ मृतकमा कोरोना पुष्टि भएको छ । यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

Comments

comments

Read More