आइतबार उपत्यकामा ७६७ सहित थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

४ असोज, काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ७६७ सहित थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा ततप १३२५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ४६ हजार २३३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै विगत २४ घण्टामा कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । यीसहित ४११ जनाले ज्यान गुमाइसकेका छन् ।

Comments

comments

Read More