उपत्यकामा ६४७ सहित थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

६ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा ६४७ सहित देशभर थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा थप १३५६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्मको कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल सं‌ख्या ४८०६१ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ४२९ जनाले ज्यान गुमाइसकेका छन् ।

Comments

comments

Read More