बुधबार उपत्यकामा ६३७ सहित थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

७ असोज, काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा ६३७ सहित थप ११७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा थप ११७२ जनामा संक्रमण पुष्टि भएको हो । यी सहित हाल देशभर संक्रमित हुनेको संख्या ६७८०४ पुगेको छ म

पछिल्लो २४ घण्टामा १८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । त्यस्तै बुधबार थप ७ जना मृतकमा कोरोना पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमित ४३६ जनाले ज्यान गुमाएका छन् ।

Comments

comments

Read More