बिहीबार उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

८ असोज, काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्मको कोरोना संक्रमितको कुल संख्या ६९३०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् । हालसम्म ५०४११ जना कोरोनामुक्त भएका छन् । त्यस्तै विगत २४ घण्टामा १७ जना मृतकमा कोरोना पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमित ४५३ जनामा कोरोना पुष्टि भएको छ ।

Comments

comments

Read More