शुक्रबार उपत्यकामा ६४५ सहित थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

९ असोज, काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा ६४५ सहित थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २६२ नमुना परीक्षण गर्दा ४५३ महिला र ८६० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४५५ जना कोरोनाबाट निको भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । शुक्रबार थप ६ जना मृतकमा कोरोना पुष्टि भएको छ ।हालसम्म कोरोनाबाट ४५९ जनाको मृत्यु भएको छ ।

Comments

comments

Read More