शनिबार उपत्यकामा ७२४ सहित थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

१० असोज, काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा ७२४ सहित थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा थप १२०७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र ११४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ५३ हजार १३ जना संक्रमणमुक्त भइसकेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ८ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म ४६७ जना मृतकमा कोरोना पुष्टि भएको छ ।

Comments

comments

Read More