आइतबार उपत्यकामा ८०९ सहित देशभर १५७३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

११ असोज, काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ८०९ सहित देशभर १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८८५ जना कोरोनामुक्त भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । त्यस्तै आइतबार मृतक १० जनामा कोरोना पुष्टि भएको छ । यीसहित हालसम्म मृतक ४७७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Comments

comments

Read More