लकडाउन डायरी : नाइट ड्युटी

पोखरा, २४ आश्विन २०७७: दिपक तामाङ्ग

प्रायः साझा सबैजना उदेश्यबिहिन हुन्छन अर्थात लक्ष्य बिहिन । किनकी सबैले आफ्नो समय निन्द्रदेवीको लागि छुट्टाईसकेका हुन्छन् । शारीरिक थकान र मानसिक तनाबलाई बन्दी बनाएर आफू एक अल्कल्पनीय संसारमा रमाउन आतुर हुन्छन् ।

तर त्यही समयमा एक युवक (अर्थात म) आफ्नो दिमागले भ्याएसम्म हजारौं जुक्ती निकाल्न लागिरहेको छु मानौ आइन्टाइन बन्न लाग्दै छु । केही आफ्नै मान्यतालाई तोड्दै छु । सुनसान रातमा । जुन ताराको बाहेक सायद अरु कसैको आखा म माथी परेको थिएन । परे पनि म तिनलाई वास्ता गरेकै थिएन । किनकि म मेरो मिसनमा कटिबद्ध थिए ।

दिमागमा एक थैलो उपाय जम्मा गरेर रातको नौ कहिले बज्ला भन्दै समयको प्रतीक्षा थिए । बिस्तारै त्यो घडिको सुइले प्रतीक्षाको अवधी सकेको जनाउ दिन्छ । यात्रा सुरु गर्न मन फुरुङ हुन्छ मानौं मैले केही जिते । तर मेरो हितैसी साथी बेडलाई छोड्न खोज्छु मन अत्तालिए झै हुन्छ । लाग्थ्यो कि हजारौं बर्षपछि कुनै प्रेम जोडिको मैझारो हुँदै छ।

जब एक बोरा निन्द्रालाई साथमा बोकेर प्यारो बेडलाई शुभरात्रीको कामना गर्दै म आफ्नो सपनालाई बसाई सार्न निस्कन खोज्छु मेरो डरको सिमा मेटिदिने र मलाई सुरक्षाको प्रत्याभूति दिलाउने ढोकालाई पार गर्न निकै गाह्रो लाग्दै थियो मानौ म बोर्डर पार गर्दै थिए ।

सम्बन्ध सजीव प्राणीसंग मात्र हुन्छ भन्नू गलत रहेछ घरमा भएको प्रत्येक निर्जीव बस्तुसंगको सम्बन्ध पनि घनिष्ट र मजबुत हुदोरहेछ । त्यसैले त ढोका पार गर्न बोर्डर पार गरे झै अनुभव हुँदै थियो । र त ढोकाबाट तीस मिटर टाढा रहेको गेटमा पुग्नलाई बिस मिनेट लाग्यो । झण्डैझण्डै एक मिटरलाइ एक मिनेट । सायद ती निर्जीव बस्तुसंगको सम्बन्ध तोड्न मेरो भौतिक शरीरले नचाहेको हुनुपर्छ । अथवा ती निर्जीव वस्तु पनि म बाट टाढा हुन नचाहेको हुनसक्छ नत्र त यति धेरै समय किन लाग्थ्यो मलाइ?? उत्तरमा मौन भन्दा बहेक म सग छैन/ थिएन पनि ।……….

यथार्थभन्दा कयौ गुणा शक्तिशाली हुन्छ कल्पनाशक्ति भन्ने आइनस्टाइणको भनाइको पुष्टि तब भयो जब मैले मेरो गेट निराको पर्खाल एकैचोटि फट्को मारे । अहिले सम्झिदा आफै अचम्मित छु । लाग्छ त्यस्तै उत्साह, उल्लास, उर्जा सधै हुन्थ्यो भने सगरमाथामाको चुचुरोमा पुग्न पनि कुनै आइतबार कुर्नु पर्दैन थियो ।

कल्पनाको मात्र के कुरा गर्नु हरेक अंग, तन्तुले एउटै चिजको सपना देख्दै थियो । उहीँ प्यारी मान्छे । जो मेरो दिल र दिमागमा राज गर्न सफल भएकी थिईन । उनलाई भेट्ने कुराले म मा खै कुन्नी ?? कस्तो खालको उर्जा आउथ्यो म हरेक समस्या र चुनौती पार गर्न तयार हुन्थे । जुनसुकै जोखिम मोल्न पनि अनासयै तयार हुन्थे । सायद यहि होला माया ।

हुन त मायाको अनुभव,आभास र अर्थ त मलाई थाहा छैन तर उसको नाम लिदा, सम्झिदा मात्र पनि एक किसिमको बोझबाट मुक्त भएको जस्तो महसुस हुन्छ । मानौ उनको नाम सम्झिनु औषधि खानु हो । मैले कहिल्यै माया देखाउन जानिएन । तर मेरो मौनता भित्र लुकेको माया पक्कै पनि उसले बुझेको हुनुपर्छ । नत्र मलाई नाइट ड्युटी गर्न छुट कहाँ दिन्थ्यो र?? गेटको सिमान पार गरेर बाटोको अधिराज्य थिचोल्दै वरिपरिको सुनसान वातावरण नियाल्दै ताराको चम्किलो उर्जामा यात्रा अगाडि बढ्छ । सुनसान बाटोहरु घरीघरी सवारीसाधनहरुको आवातजावत बाहेक केही थिएन ।

ती सुनसान भंग गर्ने एउटै तप्का थिए त्यहा । भुसिया कुकुरहरू । तर उनीहरुमा एउटा ठूलो अनुशासन थियो । आफ्नो शासनक्षेत्र भित्रभन्दा बाहिर नजाने । तर तिनको क्रियाकलाप हेर्दा लाग्थ्यो कि उत्तर कोरियाको शासनभन्दा कम छैन । सिमा पार गर्न मलाई मुस्किल थियो । प्रवेश निषेध नलेखिएता पनि उनीहरुको उपस्थितिले नै काफी थियो त्यहा । एकले थुके सुक्छ हजारले थुके नदि बन्छ । सप्रमाण मेरो अगाडि तिनको हुल थियो । दिनमा भए ती सब स्याल बन्थे र मेरो आदेस मान्न पाच कोष टाढा जानुपर्थ्यो तर अहिले एक शब्द बोल्न सक्ने तागत आउन सायद हस्पिटलमा सलेनपानी चढाउनुपर्छ झै लाग्दै छ मलाई । म कमजोर थिए वा रात मेरो कमजोरी । म अनविज्ञ छु ।

परिस्थिति जस्तोसुकै होस मलाई गन्तव्यमा पुग्नु नै थियो ।त्यसैले किमजोनउनहरुको सामाना गर्नु बाहेक विकल्प थिएन । मनलाई दरो बनाए । दिमागलाई एकाग्र गराए । सिकारिको चालमा पाइला बढाए । बलगभग अब म सुरक्षीत भए भन्ने महसुस हुन लागेको मात्र के थियो सेतो फिस्टे कुकुर जंगिदै म तिर आयो । (दिनमा हो भनेटिपेर झराटो फाल्न सक्थे तर राति खुट्टा थरर कामेर आयो ।)

यसो आँखा फिस्टे कुकुरतिर लगाउछु त तिनको पछाडि लस्करै तिनको नातेदारहरु थिए । मनमनै सोचे आज छोरा सक्यो । चोक्टा खाना गएकी बुढी झोलमा डुबेर मरि भनेको यहि होला । उखान हरेक समस्यासंग मेल खाने हुदोरहेछ । जिन्दगीमा हजारौं चोटि जपेपनी आज चै यसको वास्तविक पृष्ठभुमि बुझ्दै छु ।

डर त थियो नै तर अब समस्याको सामान गर्नुबाहेक विकल्प पनि त थिएन मसग । हेर्दाहेर्दै सेतो फिस्टे छेउमा आएको देखे। मुखबाट फुत्ता एउटा शब्द निस्केछ ।च्यो…ठूलो आवाजमा । कुकुर स्थिर भयो । हाउहाउ भन्दै ।पाइला अगाडि चालेन फिस्टेले । अलिकति राहत मिल्यो मलाई । मलाई लाग्दै थियो कि डर मलाई मात्रै हैन त्यसलाई पनि लाग्दो रहेछ । संयोगबस त्यही बेलामा एउटा जिप आएको रहेछ। जिपले गर्दा पछाडीबाट लस्कर आएका ती सबै शासकहरु तितरबितर भएछन । त्यो जिप कतिबेला आयो मैले थाहापत्तो पाएन सायद क्षणिक होस गुमिसकेको हुनुपर्छ त्यतिबेला । वा मेरो पुरै ध्यान फिस्टे शासकमाथी थियो । त्यसपछि भने अलिकति आत्मबल आयो । लामो श्वास लिए ।(कसो बचे।)

त्यो जिपले मेरो समस्याको समाधान गर्यो । यदि जिप नआईपुगेको भए???उत्तर मौन………….. मुटु ढुकढुक ढुकढुक भएको थियो । त्यसैले मेरो सबै ध्यान मुटुको धड्कनतिर गएछ । बाकी बाटो कसरी छोट्टियो हेक्का भएन । मेरो पाइला कति लामालामा थिए नाप्नालाई इन्ची टेप थिएन । हुन त म पाइलातिरको ध्यानमा थिएन । केही मिनेटमा यसो ठाउँको अन्दाज लागाउन खोज्दा आफै दङ्ग खाए । म कसरी यति छिटो यहाँ आइपुग्यो जस्तो मनमा लाग्यो । अनि सोचे सायद फिस्टेले मलाई छिटो हिड्न सिकायो क्यार!!

यात्रा छोटियो गन्तव्य नजिकिदै थियो । खुशीको अनुहारहरु बिस्तारै शरीरको हरेक अंगमा प्रवेश गर्दै थिए । अंगअंग हुँदै पुरै शरिरमा आफ्नो हक जमाउन सफल हुँदै थिए । छिनमै सुरुको त्यो डर कता हराए । आफै अनविज्ञ छु । सायद डर र खुसी दुबैले एकैचोटि शरीरमा शासन चलाउन नसक्दो हो । त्यसैले एउटाले प्रवेश गर्दा अर्कोले सत्ता छोड्दो रहेछ ।

यात्रा टुङ्गिनु उनीसंगको यात्रा सुरुहुनु अथवा मेरो नाइट ड्युटीको यात्रा सकिनु नै उनीसंगको मीठो पलको सुरुवात हुनु थियो । जब उनले एक मुस्कानले स्वागत गर्थ्यो मलाई मेरो गन्तब्यमा आईपरेको हजारौं दु:खद क्षणहरु एक सेकेन्डमै भुले । त्यो दु:ख बिर्साएर खुसी हुने बनाउन सक्नु उनको खुबी थियो भनौ या उनीसंग जादु थियो । नाइट ड्युटीमा केही नयापनको महसुस हुन्थ्यो मलाई ।भन्नुपर्दा उनले गरेको हग,चुम्बन अनि उनको स्पर्श । उनको हरेक प्रहारले म घाइते हुन्थ्यो भित्रभित्रै । तर चोट कतै देखिने गरि होइन । अझ भनौ उनको मायालु स्वभावले म लठ्ठै हुन्थे । त्यो ४०-५० मिनेटको जोखिमपूर्ण यात्राको फल होकि झै लाग्थ्यो । तर बास्तबमा त्यो थिएन ।थियो त उनले दिने निस्वार्थ माया, स्नेह, सम्मान । जत्ती नजिक हुन्छु त्यति हुन मन लाग्थ्यो । सायद चुम्बकीय शक्ति हुदो हो उनीसंग । छिम्पकली झै एकाअर्कामा हामी लिप्त हुन्थ्यौ । धेरै समयसम्म । अर्कै संसारमा पुगेको जस्तो लाग्दथ्यो ।

अचानक कसैको आवाज सुने मैले । बिस्तारै टाउको गुमाए । आखाको नानीले एउटा बडेमानको शरीरलाइ फोकस गर्यो । पिक्चर राम्रोसंग हेरे । ठम्याउन हम्मेहम्मे भयो । उनले भनिन बाबा आउनु भयो । मेरो मुखबाट फुत्त एउटा शब्द निस्केछ । ह??

ए भगवान ! मलाई बचाउ । मनमनै भने । त्यो खुशीको क्षण अब रहेन । शरीर काम्न थाल्यो पसिना गर्मीमा मात्र हैन डरमा पनि आउदो रहेछ । म आत्तिए ।उताबाट फटाफट हातमा लठ्ठी बोकेर आएको देखे । मलाई लाग्यो अघि किमजोङउनहरु बाट बचेको ज्यान अब सक्यो । तिनले त बरु एक चोक्टा खान्थ्यो होला यहाँ त अब पुरै शरीर किमा बन्ने भयो । (मन भित्रभित्रै एक्लै भुत्भुताए।)

लठ्ठी उठाएर मेरो टाउको नेरा आइपुगेको मात्र के थियो निन्द्रबाट झसङ्ग बिउझेछु । त्यतिबेला मैले सुनेको शब्द बचाउ थियो । आफुले सपनामा बोलेको कुरा बिपना सुन्दा फिसिक्का हासे । शरीर पुरै पसिना-पसिना भएको रहेछ । धड्कनको गति तेज थियो । सपनाको डरको अनुभव बिपनामा गर्दै थिए म । अचम्म लाग्छ सपनाले मान्छेलाई बिपनमा किन यसरी तर्साउछ??वा सपनाको कुरा सम्झेर बिपनामा मान्छे किन तर्सिन्छ?? म अनविज्ञ छु ।

Comments

comments

Read More