सोमबार उपत्यकामा २२८३ सहित थप ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि

२६ असोज, काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा २२८३ सहित थप ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ५३० नमुना परीक्षण गर्दा १५६५ महिला र २४८२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

पछिल्लो २४ घण्टमा १४७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै हालसम्म देशभर ६४५ जनाको मृत्यु भइसकेको छ ।

Comments

comments

Read More