बुधबार उपत्यकामा १४०३ सहित थप २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

२८ असोज, काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा १४०३ सहित थप २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।

पछिल्लो २४ घण्टामा २१७४ जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।

Comments

comments

Read More