उपत्यकामा १९३५ सहित थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

२९ असोज, काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा १९३५ सहित थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा थप ३७४९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।पछिल्लो २४ घण्टामा ३५६४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ८४ हजार ५१२ जना संक्रमणमुक्त भइसकेका छन् । त्यस्तै बिहीबार थप १९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट ६९४ जनाको मृत्यु भएको छ ।

Comments

comments

Read More