शुक्रबार उपत्यकामा २४०२ सहित थप ४३९२ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

३० असोज, काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा २४०२ सहित थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा थप ४३९२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ ।पछिल्लो २४ घण्टामा ३ हजार ५२२ संक्रमणमुक्त भएका छन् । हालसम्म ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । त्यस्तै शुक्रबार २१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै हालसम्म ७१५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

Comments

comments

Read More