शनिबार उपत्यकामा १७४६ सहित थप ३१६७ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

१ कात्तिक, काठमाडौं । शनिबार काठमाडौं उपत्यकाका १७४६ सहित थप ३ हजार १६७ सहित कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा थप ३१६७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।पछिल्लो २४ घण्टामा १८०० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ८९ हजार ८४० संक्रमितमुक्त भएका छन् । त्यस्तै शनिबार १२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । हालसम्म ७२७ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

Comments

comments

Read More