सोमबार उपत्यकामा २३८८ सहित थप ३ हजार ७९० जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

३ कात्तिक, काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा २३८८ सहित थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा थप ३७९० जनामा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३३५ जना कोरोनाबाट मुक्त भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ । त्यस्तै सोमबार थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।

Comments

comments

Read More