सुरु भयो मेगा एजुकेशन फेयर

पोखरा १७ साउन । 

पोखरा सभागृहमा शुरु भएको शैक्षिक मेलाको एक समारोहकाबीच ब्रिटिस काउन्सिलका प्रतिनीधि लरेल ब्यासेट, ग्लोबल रिचका सरीता गुरुङ र कंगारु एजुकेशनका टीआर काफ्लेले संयुक्त रुपमा उद्घाटन गरे ।सोमबारदेखि शुरु भएको मेगा एजुकेशन फेयर  बुधबारसम्म चल्नेछ । पोखरा र आसपासका ‘प्लस टु’ लेभलका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै आयोजित शैक्षिक मेलामा प्रवेश निःशुल्क रहेको छ । पहिलो दिन विद्यार्थीले उत्साहजन सहभागिता जनाएको आयोजक ‘वान अप प्रालि’ का प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रम संयोजक रविशंकर झाले जानकारी दिए ।

ब्रिटिश काउन्सिलको प्रस्तुतीमा भएको मेलामा बेलायत, अमेरिका र अष्ट्रेलियाका ३ दशकदेखि पुराना कलेज तथा यूनिभर्सिटी सहित  ३० वटा स्टल छन् ।  ति स्टलहरुबाट शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभावकहरुलाई निःशुल्क रुपमा वैदेशिक अध्ययन र त्यसका लागि आवश्यक प्रक्रियाका बारेमा जानकारी गराईने झाले बताए ।

एउटै स्थानमा धेरैवटा अनुभवी शैक्षिक परामर्श केन्द्र र विदेशी कलेज तथा यूनिभर्सिटीको प्रतिनीधिहरुबाट जानकारी लिन पाउने अवसर हुने भएकोले विद्यार्थीहरुका लागि यो निकै लाभदायक भएको आयोजकको भनाई छ ।मेलामा खाली हात र्फकन नपरोस् भनेर सहभागिहरुका लागि उपहार योजना पनि ल्याएको छ । मेलामा आएका सबैलले केही न केही प्राप्त गर्ने संयोजक झाले बताए । तीन दिन मेला अवधिभरमा सहभागीहरु मध्येबाट लक्की ड्र मार्फत एक जनाले उपहार स्वरुप ल्यापटप पनि प्राप्त गर्ने उनले बताए ।

Comments

comments

Read More

Leave a Comment