बुद्ध ! तिमीलाई थाहा नभएका केही कुराहरू मैले भन्नै पर्छ

डियर बुद्ध लामा,
म तिम्रो करोडौँ फ्यानहरू मध्यको एक हुँ । तिमी हजारौं प्रतिस्पर्धीहरूलाई पछि पार्दै विश्व चर्चित गायन प्रतियोगिता टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको उपाधि चुम्न सफल भएका एक आइडल हो । अर्थात गायनमा सम्भावना बोकेका नेपाली साङ्गीतिक आकाशमा उदाउँदै गरेका एक प्रतिमा हो । तिम्रो कला र गलाको उच्च सम्मान गर्दै समयको यस घडीमा म लगायत तिम्रा करोडौँ फ्यानहरू तिमी प्रति गर्व गरिरहेका छन । र हामी आशा राख्दछौ भविष्यमा पनि तिमीले यसरी नै उपाधिहरू चुम्दै एक प्लेब्याक सिङ्गर बनेर करोडौँ फ्यानहरूलाई गर्व बनाइराख्नेछ । बुद्ध ! तिमी एक बहुप्रतिभाशाली (भर्सटाइल) गायक हौ । त्यसैले हिजो सफलताको शिखर चुम्न सिँढीहरू चढ्दै गर्दा तिमीले करोडौँ फ्यानहरूका साथ पाएका थिए । सिँढी चढ्नेहरू तिमी एक्लै थिएन तर अरू पनि धेरै थिए र उनिहरू पनि उतिकै तिमी जतिकै बहुप्रतिभाशाली थिए । तर हामीले तिमीलाई साथ दिएका थियौ । हामीले किन तिमीलाई मात्रा साथ दियौ त्यो बुझ्नका लागि यो पत्र अन्तिम सम्म पढ्नु नै पर्छ । हामी सबैलाइ थाह छ कि नेपालीहरूको सांघुरो साङ्गितिक आकाशमा सम्भावना बोकेका भर्सटाइल गायकहरू धेरै उदाए । केहि उदाउन नपाउदै अस्ताए भने केहीले मात्रा आफ्नो पहिचान बनाउन सफल भए । त्यसैले यस सांघुरो साङ्गितिक आकाशमा आफ्नो पहिचान बनाउनका लागि तिमीले धेरै- धेरै संघर्षहरू गर्नु छ । हिजो सम्मन् अरूको गीतहरू गाउँदै थिए भने आज देखि तिमीले आफ्नै गीत गाएर गला र कला को सदुपयोग गरेर साङ्गीतिक दुनियाँमा तहल्का मच्चाउनै पर्छ । साङ्गीतिक दुनियाँमा तिम्रो छुटै पहिचान बनाउनै पर्छ । र तिम्रा सफलतामा डाहा गर्नेहरूको, आज विभिन्न लाञ्छनाहरू लगाउनेहरूको र आत्मा दहनमा छेद विच्छेद हुनेहरूको मन लोभ्याउनै पर्छ । तब बल्ल तिमीले नेपाल आइडल उपाधि चुमेको अर्थ दिनेछ । र तिमीले तिम्रा सारा फ्यानहरूको माया पाइरहनेछ । मलाइ तिमिमा विश्वास छ तिमीले यस्तै गरेर छड्नेछ ।
     बुद्ध ! तिमीलाई थाहा नभएका केही कुराहरू मैले भन्नै पर्छ । वास्तवमा हामी तामाङ हौं लामा होइनौ । “लामा” बौद्ध धर्मका पूजारी तथा सम्मानित उपाधि मात्र हो । यो शब्द बौद्ध धर्ममा महायाना अन्तर्गतका आध्यात्मिक गुरूको लागि प्रयोग गरिन्छ । अवतारी लामा या बौद्ध धर्म अध्ययन गरेर जस्ले जीवनमा पदवि आर्जित गरिन्छ उनिहरूले पनि लामा लेख्छन तर लामा थर या जात भने होइन । इतिहासमा हाम्रा पुर्खाहरूले तामाङ लेख्दा वहाँहरू ले तिखा बाणरुपी घृणा र अपमानका प्रहारहरू खेप्न पर्दथ्यो । त्यसैले त्यसता उपहास बाट बच्नकै लागि लामा लेख्ने प्रचलन सुरू भएका थिए । यसरी हामी तामाङहरू इतिहास काल देखिनै दमन, शोषण, पीडन, उपेक्षा, सिमान्तकृत, अपहेलन, विभेदना र विभिन्न अवसरहरू बाट वञ्चितको चपेटामा पर्दै आएका छौं । राज्यका विभिन्न तह र तप्कामा आसीन बाहुनहरूले हामीलाई अयोग्य, स्वाँठ, तिघ्रे, जङ्गली, गोठाले र भरिया जस्ता अति अपमानित पगरीहरू ले गुथ्याइराख्थे र हाम्रा प्रतिभाहरूलाई दबाउथे । त्यसैले आज तिम्रो लुकेका प्रतिभालाई प्रष्फुटन गराउदै दुष्मनहरूलाई देखाउनु थियो र तिमीले देखाएरै छाड्यौ । हिजो तिमीले “मट्याङ्ग्रा” शब्दलाई “मच्याङ्ग्रा” उचारण गर्न पुग्दा धेरै नकारात्मक टीका टिपणीहरू सहनु पर्यो । यो त केवल एक सानो उदाहरण मात्रा हुन । हाम्रा लागि “मट्याङ्ग्रा” एक विदेशी भाषा हुन । तर यसको मतलब तिमीलाई गलत उचारण गर्न छुट छ भन्न खोजेको होइन । टिपणिकारहरूले त्यति बिघ्न टिकाटिपणी गर्न जरुरी थिएन । तर यो हाम्रो लागि स्वाभाविक नै थियो किनकी हाम्रो आफ्नै इतिहास छ, हाम्रो आफ्नै भेष-भुषा ,भाषा  , धर्म, रीतिरिवाज र पृष्ठभूमि छन् । संसारमा आफ्नोपनमा रमाउन नचाहने शायदै कोही मानिस होलान् त्यस्तै हामीहरू पनि हौं । किनकी हाम्रो संस्कारहरू संसारमै अद्वितीय छन् । त्यसैले हामीले यीकुराहरूमा आज गर्व गर्नु पर्दछ । र अब हामीले ढुक्क भएर आफ्नो नामको पछाडि तामाङ लेख्ने र लेख्न लगाउनु पर्छ ।
अन्तमा तिमी यसरी नै नेपाली साङ्गितिक आकाशमा मात्रा नभएर विश्वभरिकै साङ्गितिक आकाशमा चम्किरहन सफल होस भन्दै तिम्रो उज्वल भविष्यको कामना गर्दछु ।
उही तिम्रो फ्यान ललित कुमार तामाङ दोहा कतार बाट

Comments

comments

Read More

Leave a Comment