गल्दै मात्र थिए म त, ढल्दै गएछु । चितामाथि पल्टिएर, बल्दै गएछु ।।

४ माघ २०७४

  गजल

गल्दै मात्र थिए म त, ढल्दै गएछु ।
चितामाथि पल्टिएर, बल्दै गएछु ।।

थाहा थियो तिमीले, जान दिदैनौ ।
आफै ढाटीई अर्कै बाटो, छल्दै गएछु ।।

सायद थियो मेरो शरिर, अर्धमृत मात्र ।
लगाए आगो ढुकढुकी, चल्दै गएछु ।।

तिमीलाई के थाहा, कति गर्थे माया ।
त्यै मायाको भुमरीमा, जल्दै गएछु ।।

चोटपटक थिएन है, शरिरमा कुनै ।
निस्क्यो रगत मुखबाट, दल्दै गएछु ।।

आवास भुजेल 

धरान,  सुनसरी हाल सिङ्गापुर

Comments

comments

Read More

Leave a Comment