हेटौँडामा भारी सवारी प्रवेश गर्ने समय निर्धारण

२०७४ माघ २१ आइतबार
हेटौडा । मकवानपुर उद्योग वाणिज्य संघमा आइतबार बजार क्षेत्रमा सवारी व्यवस्थापन गर्ने उद्देश्यले हेटौंडा बजारमा भारी सवारी प्रवेशको हकमा समय निर्धारण गरेको छ । सवारी व्यवस्थापन समितिका संयोजक काव्यमणि अधिकारीको अध्यक्षतामा भएको सो छलफलमा हेटौंडाको कान्तिराजपथ तर्फ बुद्ध चौक देखि नगरपालिका मोडसम्म, स्कूल रोड तर्फ सीमा चौक देखि भुटनदेवी स्कूल मोड सम्म, पारिजात पथ तर्फ भुटनदेवी स्कूल मोड देखि शीतल महल चौक सम्मको क्षेत्र भित्र भारी सवारी साधन प्रवेशका लागि समय निर्धारण गरिएको छ ।

छलफलको निर्णयानुसार सो क्षेत्र भित्र सवारी साधनको बढी चापहुने समयलाई दृष्टिगत गरी बिहान ९ देखि ११ र दिउँसो ३ देखि साझ ५ः३० सम्म ९ टन क्षमता भन्दा कम क्षमताका सवारीले सामान लोड अनलोड लगायतका कार्यहरु गर्न नपाउने तर अन्य समयमा भने पाउने भएको छ । सो छलफल अनुसार अबदेखि सो क्षेत्रमा प्रबेश गरेका ९ टन भन्दा बढी क्षमता भएका सवारी विहान ९ बजे अगावै सो क्षेत्रबाट हटिसक्नु पर्ने हुन्छ भने बेलुका ५ः३० पछि मात्र सो क्षेत्रमा प्रबेश पाउने निर्णय गरिएको छ । गत माघ ८ गते संघका सचिव काव्यमणि अधिकारीको संयोजकत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, नारायणी यातायात व्यवसायी संघका प्रतिनिधि, हार्डवयर व्यवसायी, कपडा व्यवसायी, फर्निचर व्यवसायी सहितको प्रतिनिधित्व रहने गरी सवारी व्यवस्थापन समिति गठन गरिएको थियो ।

छलफलमा संघका अध्यक्ष कृष्ण कटुवाल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सन्तोष पोखरेल, महासचिव प्रमोदसिंह रानाभाट, नारायणी यातायात व्यवसायी संघका सचिव गुणराज घिमिरे, संघका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । आज भएको निर्णय भोलि ९सोमबार० माघ २२ गते देखि लागू हुने जनाईएको छ ।

रेडियो तामसालिङ खबर बाट साभार गरिएको

 

Comments

comments

Read More

Leave a Comment