तामाङ कथानक चलचित्र घ्रान (कसम) को गीत सार्वजनिक गरिने

काठमान्डौ माघ २४
तामाङ कथानक चलचित्र घ्रान (कसम) को गीत  ” सारी आरे मुरि आरे ह्याङ्ला राङ्बा माया” सार्वजनिक गर्ने  भएको छ ।
मोक्तान फिल्मस प्रा.लि ले निर्माण गरेको तामाङ कथानक चलचित्र घ्रान (कसम)को गित ” सारी आरे मुरि आरे ह्याङ्ला राङ्बा माया”( जमिनमा छैन आकाशमा छैन हाम्रो जस्तो माया) बोलको गितलाई भोलि  बिहीबार  रिपोर्टर्स क्लब भृकुटी मण्डपमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने भएको छ ।
निमा दोङ र निर्मला घिसिङ को स्वर रहेको उक्त गीतमा संगित निमा दोङको रहेको छ भने यस गीतको नृत्य निर्देशन अजय स्याङ्तान ले गर्नुभएको छ । यस गीतलाई ओखलढुङ्गाको विभिन्न रमणीय ठाउहरुमा छंयाकन गरिएको नृत्य निर्देशक अजय स्याङ्तान ले बताउनुभयो। छंयाकनको काम सकिएर प्रदर्शन को तयारीमा रहेको उक्त फिल्म अब चाडै नै दर्शकमाझ ल्याउने फिल्मको निर्देशक जनक गुरुङले जानकारी दिनुभएको छ ।
 

 

Comments

comments

Read More

Leave a Comment