भार्तामा ल्होछारको तयारी पुरा, शनिबार बृहत सास्कृतिक कार्यक्रम हुदै

हेटौडा (कैलाश) २६ माघ : मकवानपुर जिल्लाको कैलाश गाउपालिका भार्तामा हुने २८५४ खी ल्हो (कुकुर बर्ग) को सोनाम ल्होछारको अबसरमा शनिबार ल्होछार बिशेष “बृहत सास्कृतिक कार्यक्रम” हुने भएको छ ।

 

ल्होछार कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको छ, केन्द्रबाट आउने प्रमुख अतिथि र कलाकारहरु हेटौडा आइपुगेसकेको कार्यक्रम संयोजक बलराम मोक्तानले बताउनु भयो ।

माघ २७ गते अर्थात भोलि शनिबार बृहत रुपमा सोनाम लोछार एक सांस्कृतिक कार्याक्रम, “तामाङ समुदायको प्रमुख सांस्कृतिक महत्व बोक्ने लोछारको महत्वलाई उजागर गर्ने उद्देश्यका साथ कार्याक्रमको आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

 

ल्होछार मुल आयोजक समितिको संयोजक बलराम मोक्तानको नेतृत्वमा स्थानिय झाकी सहितको सांस्कृतिक कार्याक्रम रहने छ । शनिबार बिहान लामा गुरुहरुबाट पुजापाठ गरी शुभकामना आदान प्रदान गर्दै सांगीतिक प्रस्तुतिहरु रहने प्रचार प्रसार संयोजक रबिन्द तामाङले जनाएको छ ।  कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल तामाङ घेदुङ केन्द्रीय समिति सचिव रामकृष्ण भ्लोन तामाङ आइपुग्ने भएको छ ।

 

साबिक भार्ता गाविस हाल कैलाश ७ र ८ वडामा तामाङ समुदायबाट पहिलोचोटी एस.एल.सी पास गर्ने, २०७३ सालको एसईई परिक्षामा सबैभन्दा बढी नम्बर ल्याई उत्तिर्ण गर्ने एक महिला र पुरुष, स्थानीय तहमा निर्बाचित जनप्रतिनिधिहरुलाई पनि सम्मान गरिने लगायत सबैभन्दा पहिला ल्होछार मनाउने अग्रज व्यक्तिहरुलाई सम्मान गर्ने संयोजक बलराम मोक्तानले बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त चर्चित सेलो पप गायक रोज मोक्तान, अबिराम मोक्तान, बुद्दिमान घिसिङ, रबिन्द्र कुमार चेपाङ सुन्दर लामा, रामचन्द्र स्याङ्बो, बिरजित लामा, गंगा पाख्रिन, लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहने प्रचारप्रसार संयोजक रबिन्द्र तामाङले बताए । साथै स्थानीय कलाकारहरुको नृत्य र लामा बोन्पोको झाँकी समेत रहेको छ ।

Comments

comments

Read More

One Thought to “भार्तामा ल्होछारको तयारी पुरा, शनिबार बृहत सास्कृतिक कार्यक्रम हुदै”

  1. सरोकार संवाददाता

    good..

Comments are closed.