राष्ट्रपति हल जोकरहरुको जोक्स गर्ने ठाउँ होइन – उपेन्द्र यादव

सरोकार संवाददाता, माघ २ काठमाडौं l संघिय गठबन्धन द्वारा शनिवार आयोजित वर्तमान राजनीतिक परिस्थिति र संविधान संसोधन/परिमार्जन विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै संघिय गठबन्धनका संयोजक समेत रहेका समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति हल जस्तो गरिमामय ठाउँ जोकरहरुको जोक्स गर्ने ठाउँ नभएको वताउनुभयो l

एक सन्दर्भ जोड्दै संयोजक यादवले मधेशी  दलहरुले भारतमा गएर भारतीय नेतासंग भेटघाट गर्दै आउँदो वैशाखमा ठुलो मात्रामा हत्तियार नेपाल ल्याउने तयारि रहेको राष्ट्रपति समक्ष राष्ट्रपति कार्यालयमा एमालेका नेताहरुले गलत ब्रिफिङ्ग गरेको आफुले थाह पाएको भन्दै उक्त व्रिफिङ्गको पुष्टि गर्न एमालेका नेताहरुलाई चुनौती दिएका छन् l

राष्ट्रपति कार्यालय जस्तो मर्यादित ठाउँमा अमर्यादित क्रियाकलाप गरेर राष्ट्रपतिको शानमा आँच आउने क्रियाकलाप भएको उहाँले बताउनुभयो ll यस्तै गरि अहिलेकै अवस्थामा संविधान संसोधन गरे पनि नगरे पनि जनताको माग पुरा नहुने जिकिर गर्नुभयो ll एक प्रशंग जोड्दै  यादवले, प्रचण्डले संघिय गठबन्धनलाई कम्जोर सम्जेको भन्दै समयमा नै विचार नपुर्याए ठुलो मूल्य चुकाउनु पर्ने चेतावनीसमेत दिनुभयो l

सोहि कार्यक्रममा बोल्नु हुँदै नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले पहिचानवादी शक्तिहरु एकजुट हुनुपर्ने धारणा राख्नुभयो l वर्तमान संविधानलाई अधिकतम संसोधन गर्दै सबैलाई समान अधिकार दिनलाई दवाबमुलक आन्दोअलनको विकल्प नरहेको उहाँले बताउनु भयो l

Comments

comments

Read More

Leave a Comment