कविता प्रतियोगितामा सिम्रन खड्का प्रथम

थाहानगर,६ फागुन । थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पसमा आईताबार भएको कविता प्रतियोगितामा सिम्रन खड्का प्रथम भएकी छिन् । प्रथम भएकी खड्का मानविकि संकाय प्रथम वर्षमा अध्यायनरत छिन् ।

               प्रजातन्त्र दिवसको अवसर पारि स्वतन्त्र विद्यार्थी युनियन पालुङ बहुमुखी क्याम्पसले आयोजना गरिएको कविता प्रतियोगितामा व्यवस्थापन संकाय द्धितिय वर्षमा अध्ययनरत छात्रा शिवानी विश्वकर्मा द्धितिय र व्यवस्थापन संकाय तृतीय वर्षमा अध्ययनरत छात्रा संजिता गोपाली तृतीय भएकी छिन् । त्यसैगरि व्यवस्थापन संकाय तृतीय वर्षका मञ्जरी बलामी, सोही वर्षका पार्वती विडारी र मानविकि संकाय प्रथम वर्षका सिर्जना पाठकले सान्तव सात्वना पुरस्कार जितेका छन ।

पालुङ बहुमुखी क्याम्पसका प्रमुख रामहरि अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो । स्वतन्त्र विद्यार्थी युनियन पालुङ क्याम्पसका सभापति मुकेश गोलेको सभाध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका सप्राध्यापक तोयानाथ काफ्ले र विजय बाबु बस्नेतले निर्णयकको भूमिका निर्वाह गर्नुभएको थियो ।

Comments

comments

Read More

Leave a Comment