पुलीसद्वारा हेटौँडाको विजय युथ पराजित

हेटौँडा,६ फागुन । सुमन भोम्जन खेलकुद स्मृति प्रतिष्ठानले आयोजना गरेको हेटौँडामा जारी तेश्रो हेटौँडा टुवोर्ग गोल्डकपमा विजय युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको छ । खेलको सुरुवाती चरणदेखिनै निकै शशक्त प्रदर्शन गरेको पुलिस क्लवको लागि खेलको ११ औँ मिनेटमा पुलिसका खेलाडी अभिषेक रिजालले गोल गर्दै १ गोलको अग्रता दिलाए ।

पहिलो हाँफ सकिन ५ मिनेट मात्र बाँकी रहदा अर्थात खेलको ४० औँ मिनेटमा पुनः रिजालले गोल गर्दै पुलिसलाई २–० को अग्रता दिलाएको थियो । पहिलो चरण देखिनै नेपाल पुलिस क्लवले हेटैंडाका विजय युथ क्लवलाई निकै दबाबमा राखेको थियो । त्यसैगरी खेलको दोश्रो हाफको १४ औं मिनेट अर्थात ५९ औं मिनेटमा पुलिस क्लवका खेलाडी रबि पासवानले गोल गरेको थियो ।

पुलिसका खेलाडी रबि पासवानले गोल गरे पश्चात ३ गोल अन्तरले विजय युथ क्लव पराजित हुन पुगेको हो । खेलको अन्तिम समयमा विजय युथ क्लव हेटौँडाका खेलाडी मनोज विष्टले पुलीसका प्रिलयन तामाङलाई हातपात गरेपछि रेडकार्ड खाँदै बाहिरन पुगेको थियो । आज भएको खेलमा नेपाल पुलिस क्लवका खेलाडी अभिषेक रिजाल भएको छ ।

Comments

comments

Read More

Leave a Comment