अदालतले चन्दलाई पक्राउ गर्न आदेश दियो

काठमाडौं, १६फागुन । नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न जिल्ला अदालत भोजपुरले वडा प्रहरी कार्यालय कपिलवस्तुलाई आदेश दिएको छ ।

कम्युनिष्ट पार्टीका नेता चन्दलाई ज्यान मार्ने धम्की तथा विस्फोटक पदार्थ मुद्धाको कसुरमा पक्राउ गरी जिल्ला अदालत भोजपुरमा उपस्थित गराउन प्रहरीलाई अदालतले आदेश दिएको छ ।

नेता चन्दलाई पक्राउ गर्न जिल्ला अदालत भोजपुरले वडा प्रहरी कार्यालय कपिलबस्तुलाई जस्तो सुकै अबस्थामा पनि पक्रन आदेश दिएको हो । विप्लव समूहले एनसेलका टावरमा क्षति पर्याउनुका साथै चुनावको बेलामा विभिन्न स्थानमा बम विस्फोट गराएको थियो ।

Comments

comments

Read More

Leave a Comment