संघीय समाजवादी फोरम कास्कीको अध्यक्षमा गिरीप्रसाद तमु तमुवान प्राप्तिका लागि संघर्षरत रहने

 

पोखरा, १६ फागुन

संघीय समाजवादी फोरम नेपाल कास्कीको अध्यक्षमा गिरीप्रसाद तमु चयन हुनुभएको छ । फोरम कास्कीका अध्यक्ष दीपक तामाङ तमुवान—मगरात(प्रदेश ४) प्रादेशिक समितिको अध्यक्षमा निर्वाचित हुनुभए पश्चात पुर्नगठित जिल्ला समितिमा पार्टी स्थापनाकालदेखि कास्की सचिवको जिम्मेवारी बहन गर्दै आउनु भएका तमुलाई अध्यक्षमा चयन गरिएको हो ।

फोरमको बुधवार पोखरामा सम्पन्न अगुवा कार्यकर्ता भेलाले पुर्नगठित २९ सदस्यीय जिल्ला समितिको उपाध्यक्षहरुमा राम सिके र दिलिप तमु, सचिवमा कुलबहादुर भुजेल, सहसचिवमा ज्योति तामाङ, कोषाध्यक्षमा क्या.नरेश थापा, सहकोषाध्यक्ष धनबहादुर परियार चयन हुनुभएको छ।

यसरी नै सदस्यहरु मा क्या.मदनप्रसाद तमु, सु.हरिमान तामाङ, टेकबहादुर तामाङ, सुमे चेतबहादुर तमु, जगनप्रसाद तमु, बीरबहादुर तमु, सु.तुलबहादुर तमु, प्रेमबहादुर कुमाल, प्रेम लामा, चेतनप्रकाश तमु, प्रेम राम भण्डारी, इश्वर तमु, पुर्णबहादुर तमु, अञ्जु तामाङ, कृष्ण विश्वकर्मा, नासु मेखबहादुर तमु, मनमाया तमु, कोपिला तमु, पारु हमाल, थमन विश्वकर्मा, उदवीर नेपाली, सु.नारायणबहादुर तमु चयन हुनुभएको छ ।

निर्वाचित समितिलाई ससफोका केन्द्रीय सदस्य तथा कास्की इञ्चार्ज देवीराज तमुले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो भने फोरमका तमुवान सहइञ्चार्ज धनप्रसाद तामाङ बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यसमिति गठनका लागि तमुवान सहइञ्चार्ज धनप्रसाद तामाङ, कास्की इञ्चार्ज देवीराज तमु, बैकल्पिक केन्द्रीय सदस्य हुमबहादुर तमु, समाजवादी फोरम महिला संघकी केन्द्रीय सदस्य रत्ना भट्टचन रहनुभएको निर्वाचन मण्डल गरिएको थियो ।

अध्यक्षको जिम्मेवारी ग्रहण गर्नुहुदै गिरीप्रसाद तमुले पार्टीको सिद्धान्त, निती र कार्यक्रम अनुसार अघि बढ्दै कास्कीका सशक्त पार्टी स्थापित गर्ने बताउनुभयो । उहाँले संगठन निर्माण र प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिदै तमुवान स्थापनाका लागि संघर्षरत रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । राज्यको पुनसंरचनाको आधार पहिचानलाई अपमान गर्दै प्रदेश संसदले तमुवान नामाकरण नगरे फोरमले आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य देवीराज तमु, बैकल्पिक केन्द्रीय सदस्य हुमबहादुर तमु, नवनिर्वाचित उपाध्यक्ष दिलिप तमु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यस अघिको भेलामा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवं तमुवान सहइञ्चार्ज धनप्रसाद तामाङ, तमुवान—मगरात(प्रदेश ४) अध्यक्ष दिपक तामाङ, केन्द्रीय बुद्धिजिवी विभागका सदस्य मनबहादुर तमुले समसामयिक राजनीतिक अवस्था र ससफोले भुमिकाका बारेमा प्रशिक्षण प्रदान गर्नुहुदै पहिचान र अधिकार स्थापित गर्न दवाव सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको थियो । वक्ताहरुले पहिचान र सामथ्र्यका आधारमा तमुवान, मगरात प्राप्तिका लागि आन्दोलनरत रहनुपर्ने बताएका थिए । कार्यक्रमको संचालन गिरीप्रसाद गुरुङले गर्नुभएको थियो ।

Comments

comments

Read More

Leave a Comment