हिंसामा परेकी नारीलाई नारी दिवस होइन उसलाई भारी दिवस हो : राजकुमार

आजको १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबैलाई शुभकामना छ।
महिला इतिहास देखिनै पछाडि परेका छन्।महिलाले 33 % अधिकार प्राप्त गरे पनि अझै
विभेदपुर्ण,आर्थिक,सामाजिक,संरचना,मान्यता जसले महिला हिंसा लामो समय देखि निरन्तरता छ।
शहरदेखि दुर गाउँहरुमा आज पनि महिलाहरु शोषण, दमन आक्रान्त छन् । हिंसामा परेकी नारीलाई नारी दिवस होइन उसलाई भारी दिवस हो।हिंसा सबै कुराको बन्धक हुन।
नारी अझै पनि उदाहरण दिएर बसिरहेका छन्।
राज्यले कुन कुन कुराबाट पछाडि धकेलिएको छ यसमा सबै जुट्नुपर्छ?

के हो पितृसत्ता ?
पहिलो मान्यता महिलाहरू पुरुषभन्दा शारीरिक र बौद्धिक हिसाबले नै कमजोर हुन्छन् भन्ने हो।
दोस्रो कुरा यसले महिला भनेका पुरुषका लागि
भोग्न जन्मिएको ठान्छ।
‘पुरुषभन्दा महिला शारीरिक र बौद्धिक रूपमै
कमजोर हुन्छन्।’ अहिलेका थुप्रै मानिस महिला बौद्धिक
रूपमा नभए पनि शारीरिक रूपमा चाहिँ कमजोर नै
हो भन्ने मान्यता राख्छन्, जुन गलत हो।
शारीरिक रूपमा महिला र पुरुषको बनावट फरक छ।
फरक प्रकृतिको बनावटलाई एकअर्कासँग तुलना गर्न मिल्दैन।
महिलाको शरीर प्रजनन र बालबच्चा हुर्काउनका निम्ति चाहिने अंगहरूसहित बनेको छ तर पुरुष
त्यसको निम्ति बनेको छैन।
शरीरहरू विविध प्रकृतिका हुन सक्छन् तर
तिनीहरू एकअर्काका निम्ति दमन गर्न बनेका होइनन्।
दमन गर्ने भनेको सांस्कृतिक कुरा हो। मान्छे
आफैंले निर्माण गरेको संस्कृति हो। मान्छले निर्माण गरेको संस्कृति कुनै गलत हुन्छन्, कुनै सही त्यसकारण पितृसत्ताको मूल आधार नै गलत छ।
दुईबिना प्रजनन क्रिया हुँदैन। दुईबिना यौनिक प्रेम सिर्जना हुँदैन। दुइटैले समान रूपमा भाग लिएपछि
मात्रै समाज चल्न सक्छ। यसर्थ, पितृसत्तावादका दुइटै अवधारणा गलत छन्।

मान्छेमा विद्रोही चेत हुन जरुरी छ। त्यो चेत भएन भने मान्छे सधैँ दमित, शोषित भएर बाँच्नु पर्छ। अरूले अवरोध गर्छ भनेर बोल्न र विरोध गर्न कहिल्यै पछाडिनु हुदैन।सपना नै देखेको छैन भने लक्ष्य कसरी प्राप्त हुन्छ ? मान्छेमा एउटा सपना हुन्छ । जुन कुराले मान्छेलाई जिउनको लागि साहस दिन्छ र मान्छे हुनुको सार्थकता पुष्टि गर्छ ।
होलसेलमा जन्मिएर होलसेलमा नै मुर्नु त के मजा र आफ्नो निश्चित पहिचान बनाउनुपर्छ?
जिन्दगीमा केही गर्नु ठछ भने सपना र लक्ष्य हुन जरुरी छ त्योअनुसार अगाडि बढ्न जरुरत छ??
कसैको लागि बाँच्ने ऊर्जा बन्छ भने परिवर्तनको निम्ति लड्नुपर्छ त्यो भन्दा ठूलो खुसी अरू के हुन सक्छ???

संसारकै सब भन्द,धनी हुन नारीहरु।
माया नै मायाको,खानी हुन् नारीहरु।

दुनियाँ नै कोमल बनाए ती फूलहरुले
त्यही फुलको,फूलदानी हुन नारीहरु।

पृथ्वीमा दिनपछि रात पछि बिहान,
दिनको संकेत,बिहानी हुन् नारीहरु।

नारी नभएको भए संसार लोभ हुन्थे,
सृष्टिकी खानी मुटुको,धमेनी हुन् नारीहरु।।
राजकुमार तामाङ
मकवानपुर

Comments

comments

Read More

Leave a Comment