क्षेत्रीय नकआट फुटवलको उपाधि एफसी लोथरलाई

सुजन बिडारी

हेटौंडा, २४ फागुनरपश्चिमी क्षेत्रका काँग्रेस नेता स्वर्गीय माणिकलाल मोक्तानको स्मृतिमा आयोजित दोश्रो क्षेत्रीय नकआउट फुटबल प्रतियोगिताको उपाधि एफसी लोथर मनहरी गाउँपालिका ६ ले जितेको छ । मकवानपुरको पश्चिमी क्षेत्र राक्सिराङ गाउँपालिका ३ पलाँसेमा भएको प्रतियोगिताको फाइनलमा बिहिबार एफसी लोथरले एफसी रमन्टारलाई २–० गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो ।
माणिकलाल स्मृति प्रतिष्ठानको आयोजनामा फागुन १९ गतेबाट सुरु भएको नकआउट फुटवल प्रतियोगितामा ४ नम्बर क्षेत्रका १० टिमको सहभागिता रहेको थियो । पहिलो हुने टिमले नगद ३० हजारका साथै ट्रफी र प्रमाणपत्र पाएको छ भने दोश्रो हुने टिमले नगद १५ हजार र ट्रफी हात पारेको छ । त्यस्तै एफसी लोथरका प्रशान्त तामाङ उत्कृष्ट डिफेन्स, सुजन स्याङबो उत्कृष्ट गोलकिपर भएभने एफसी रमन्टारका उत्कृष्ट खेलाडी रमेश लामा, धेरै गोलकर्ता सानुकप्तान गुरुङ भएका थिए । उनीहरुले नगद २र२ हजार पाएका थिए ।

प्रतिष्ठानका अध्यक्ष विरेन्द्र जिम्बाको सभाध्यक्षता एवम नेपाली कांग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवम प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव बुद्ध लामा, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, काँग्रेस मकवानपुरका जिल्ला सदस्य ईश्वरकुमार रुम्बा, महासमिति सदस्य चित्रबहादुर थापा, महाधिबेशन प्रतिवेदन जानकी लामा, १ नम्बर वडा अध्यक्ष कान्छाराम रुम्बा, प्रतिष्ठानका सदस्य सिंहराम ब्लोनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Comments

comments

Read More

Leave a Comment