सबै जुटौं कोही नछुटौ उठौ खोजौ र अन्त्य गरौं, महिला हिंसा विरुद्धमा बोल्न आए,राजकुमारहरु

फागुन २६ हेटौडा
१०८औँ अन्तर्राष्ट्रिय नारी दिवसको सबै महिलापुरुषहरुलाई शुभकामना व्यक्त गर्दछु।
आज संसारभरि नारीवादको प्रसंग उठिरहेको छ। एक शताब्दीभन्दा बढी समयदेखि महिला अधिकारका लागि विश्वव्यापी रुपमा नारीले संघर्ष गर्दै आइरहेको छ। आफ्ना हकअधिकार प्राप्तिका लागि महिलाहरु अझ जागरुक हुन जरुरी रहेको छ। नेपाली नारीका निम्ति संविधानले गरेका व्यवस्था कार्यान्वयन भई श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा हुने महिला जागृतिका कार्यक्रम नारीलाई आर्थिक अधिकार र स्वामित्व प्रदान गर्न लक्ष्यित सगै अल्पसंख्यक, सीमान्तकृत वर्गका महिलालाई आर्थिक रुपमा सम्पन्न नबनाएसम्म उनीहरु सधैँ हेपिने हुँदा आयआर्जनका बाटाहरु पहिल्याउँदै नारी अस्मिता सुरक्षामा समाजका सबै वर्गबाट मन,वचन र कर्मले नै समानता प्रवर्द्धन हुनुपर्छ। नेपाली महिलाका हकअधिकार ग्रामीण भेगका नारीले अनुभूत गर्न पाउने गरी सम्बन्धित सबै पक्षबाट योगदान हुनुपर्छ। महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन सरकार गम्भीर हुनुपर्छ? सामाजिक पछौटेपन, अन्धविश्वास, कूरीति र त्यसबाट महिलाले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राख्नुपर्छ? सरकारको विभिन्न प्रयास हुँदाहुँदै पनि गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य,रोजगारीलगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून छ! महिला र पुरुष विच असमान शक्ति सम्बन्ध,महिला अधिकारका न्यून कम चेतना लगायतका कारण महिला हिंसा न्यूनिकरणमा समस्य परिरहेको छ। राष्ट्रपति, उपराष्ट्रपतिमध्ये एक जना महिला, सभामुख, उपसभामुखमध्ये एक जना महिला, राष्ट्रियसभाको अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना महिला प्रदेशको सभामुख,उपसभामुखमध्ये एक जना महिला राख्ने संवैधानिक प्रावधान हुनु महत्वपूर्ण फड्को भएको छ ।
नेपालको संविधानमा ३३ प्रतिशत महिला नीति निर्माण तहमा रहने व्यवस्थाको अवधारणा छ। सभामुख भनेको प्रतिनिधिसभा भन्दा कमजोर हुन्छ। राष्ट्रियसभामा महिलाहरू अलि बढी पठाउन मिल्ने भएपछि प्रतिनिधिसभामा महिला घटाउन पनि मिल्ने भयो। यसरी यो एक प्रकारको षड्यन्त्रपूर्ण नै भयो किनकि यसमा सबै पार्टीको कुरा मिल्छ। यसपालिको निर्वाचनलाई हेर्ने सकिन्छ कि महिला उम्मेदवारीबाट पुष्टि हुन्छ किनभने ठूला तीन पार्टीले त्यति धेरै जना प्रत्यक्ष सिटमा ५/६ जना मात्रै महिला उठाए किनभने उनीहरूले एउटै जालले सबै माछा मार्ने उपाय अपनाए त्यो पनि विपक्षबाट हार्ने ठाउँमा जबर्जस्ती पठाइयो। महिलालाई कार्यकारी भूमिकामा जानबाट रोक्ने र अन्य शक्तिशाली बन्नबाट रोक्न सक्ने र अर्कोपटक पनि टिकटको दाबी गर्न सक्छे भनेर त्यस्तो शक्तिशाली बन्न नदिनका निम्ति प्रत्यक्षमा महिलालाई नउठाउने,उठाए पनि नाटकबाजी गरियो। महिला ३३ प्रतिशत अवधारणामा पुर्याउन समानुपातिकतर्फबाट धेरै पठाउने र समानुपातिकबाट जति महिला सांसद भने पनि आगामी दिनमा पुरुषलाई चुनौती बन्न नसक्ने प्रस्टै छ। संविधानमा,‘स्थानीय तहको वडामा पाँचजनामा कम्तीमा दुईजना महिला हुनुपर्ने’ लेखिएको छ। तर, नियमावली र कानुन बनाउने बेला, ‘पाँचमध्ये दुईजना वडा सदस्य महिला हुनेछन्’ लेखियो। संविधानमा वडा अध्यक्ष पनि महिला बन्नसक्ने अवस्था छ तर दुईजना महिला वडा सदस्य नै हुने व्यवस्थाले स्थानीय तहमा महिलाहरू वडा अध्यक्ष बन्ने सम्भावनालाई बाड्काउने काम भयो किन कि तहमा सदस्य दुई महिला आएपछि अध्यक्षमा सम्भावना देखिएन। इतिहासले प्रस्ट हुन्छ कि अब यसबाट महिला मुक्ति सम्भव छैन। महिला–पुरुष लागेर लड्नका लागि मूलतः संगठन चाहिन्छ। पार्टीहरू ठीक नभएको अवस्थामा स्वतन्त्रता संगठन बनाउन पनि सकिन्छ तर त्यस संगठनले विचारधारा, राजनीति र राजनीतिक व्यवस्थाबारे आफ्नो लक्ष्य किटान गर्नैपर्छ फेरि त्यसो नगर्दा संगठन चुँडिएको चंगाजस्तो हुन्छ, उड्न त उड्छ तर आफ्नो मौलिक गति हुँदैन, हावाले जता लैजान्छ त्यतै जान्छ र छिट्टै खसिहाल्छ।।
´´शारीरिक रूपमा महिला र पुरुषको बनावट फरक छ। फरक प्रकृतिको बनावटलाई एकअर्कासँग तुलना गर्न मिल्दैन“त्यसैले आउनुहोस्,हामी सबै मिलेर महिला माथि हुने हिंसा विरुद्ध शुन्य कायम गरौँ। हामी कमजोर छैन महिलामाथि हिंसालाई सहने छैनौं। हामी सबैले प्रमाणित गरौँ। महिलालाई समाजका महत्त्वपूर्ण स्थानमा प्रोत्साहन गरौ। महिलामाथि हुने गरेका अनेक प्रकारका हिंसाहरु निर्मुल पार्न आआफ्नो क्षेत्रबाट सहभागी बनौं। कसरी?बञ्चित पारिए नारीका,अधिकारहरु। स्वतन्त्र हुनै पाएन अब सुन्छ कि,गुहारहरु। हे सरकार किन चुपचाप,बोल्नुस् अाम सञ्चारहरु, सधैं किन आउँछ हृदयाघात हुने, खबरहरु। जहाँ नारी सम्मान छैन त्यहाँ शान्तिपूर्ण केही हुन्न? अब भन्नुस् विकास कसरी हुन्छ,आम नजरहरु? युगौँ देखि सन्तान र घर परिवारलाई जन्मिए नारीहरु, अझै नारीमाथि किन गर्छौं घृणा,तिरस्कारहरु? सबै जुटौं कोही नछुटौ उठौ खोजौ र अन्त्य गरौं, महिला हिंसा विरुद्धमा बोल्न आए,राजकुमारहरु।
राजकुमार तामाङ मकवानपुर

 

Comments

comments

Read More

Leave a Comment