लामा अखिल अध्यक्ष बन्ने पक्का पक्की

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष नविना लामा सांसद भैसकेकाले यत्तिबेला अनेरास्ववियुमा को अध्यक्ष हुने भन्ने होडबाजी नै चलेको छ । बिद्यार्थी सङ्ग्ठनको भुमिका प्रतिपक्षी हुने र साम्सद पद सत्तापक्षिय रहने बिरोधाभास अबस्थाका कारण नबिना लामाले अध्यक्ष छोड्ने निश्चित भएको छ। त्यतिमात्र हैन अध्यक्षको २ बर्से कार्यकाल पूरा भएकोले पनि परिस्थितिले नयाँ मोड लिएको हो।
अध्यक्षका आकांक्षीमध्ये सबैभन्दा पुरानो र अनुभवीमा उपाध्यक्ष शैलेस लामा देखिएका छन् । त्यसैगरी उपाध्यक्षहरु रश्मी आचार्य, महेश बर्तौला, सुनिता बराल र महासचिव ऐन महर पनि अध्यक्षको आकांक्षी रहेका छन् ।

अध्यक्षका प्रतिस्पर्धी मध्यका उपाध्यक्ष शैलेस लामा लामो समय कामगरेका,पार्टी बिभाजनको चरम पिडा प्रत्यक्षरुपमा भोगेका,लाउडा कान्ड,साम्सद पेन्सन खारेजीका लागि सिंहदरबार घेराउ आन्दोलन,४५ प्रतिसत बिद्यार्थी छुट आन्दोलन र ०६२/६३ को जनाअन्दोलनमा पटक पटक गिरफ्तार र सख्त घाइते भएका लामा शाहि शासनकालका निशानामा परेका चर्चित बिधार्थी कार्यकर्ता/नेता हुन।वि.सं. २०५५ सालमा सरस्वती बहुमुखी क्याम्पसमा स्ववियु सदस्य, ०६० मा स्ववियु सचिव, ०६२ मा सभापती उम्मेद्वार हुदा नेबिसघ, राजाबादी र अखिल भित्रै भएका राजाबादी मिल्दा पनि जित्न नसक्ने भए पछि शाही शासनकालका तात्कालिन गृह मन्त्री कमल थापाको ठाडो निर्देशनमा ०६२ फाल्गुन ८ गत्ते नोमिनेशन दिन गुन्डा र सिभिल प्रहरीद्वारा अपहरण गरि टोखा बालुवाखानी लगि १२ गण्टा बन्धक बनाइ मानसिक यातना पाएका उपाध्यक्ष लामालाइ बैचारिक,कुशल सङ्गठक,वाककला निक्कै राम्रो भएको एव अनुभबी नेता रुपमा बुझ्ने गरेको छन।

विद्यालय जीवनबाटै राजनिती शुरु गरेका लामा क्याम्पस, जिल्ला, अञ्चल कमिटी केन्द्रीय सदस्य, सचिवालय सदस्य,स्थायी कमिटी सदस्य हुँदै २२ औं रास्टृय महाधिवेशन बाट उपाध्यक्ष भएका हुन। सामाजिक सन्जाल मार्फत अखिलको गरिमा माथी हिलो छ्याप्ने गरि कोहि कसैले अभद्रता प्रस्तुत नगरौ,अन्तत त्यो स्वयमलाइ प्रतिउत्पादक हुन्छ भन्ने शन्देश घुमौरो पाराले दिदै आएका लामा सबैले मान्ने साझा नेतृत्वको रुपमा देखिएकोले पनि लामा नै अध्यक्ष बन्दैछ भन्ने लख बिधार्थीहरुले काट्न थालेका छन।शालिन,मिलनसार स्वभाव कारण नेपाल समुहले पनि ठिकै देख्ने भएको पनि अध्यक्ष बन्ने लगभग निश्चित देखिन्छ।

 

Comments

comments

Read More

Leave a Comment