दमकमा सिलेरियो एक्स कारको लन्च ( भिडियाे सहित )

दमक । झापाको दमक स्थित सुजुकीको आधिकारीक बिक्रेता बि आर एन ब्रर्दशले सिलेरियो एक्स कारको लन्च गरेको छ । बि आर एन ब्रर्दशले शुक्रबार एक कार्यक्रमको आयोजना गरि कारको लन्च गरेको हो ।

उत्त कारको लन्च प्रमुख अतिथि इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले गरेका थिए । अत्यन्तै आकर्षक डिजाईन र बहुपयोगि बिशेषता रहेको सिलेरियो एक्स नेपाली बजारको चाहना अनुरुपको रहेको बि आर एन ब्रर्दशका प्रोपाइटर बलराम पराजुलीले जानकारी दिए ।

कारको अन्य बिशेषताका बारेमा डिर्लसका सेल्समेन नवराज भण्डारीले बताएका थिए । एरोडाईनामिक शैली अनि अग्रभागको वरीपरि एक्स थिममा आधारीत ग्राफिक्स, गाडीको दाया बाया भाग, पछाडीको बम्पर, स्किड प्लेटमा राखिएको सुरक्षात्मक आवरणले गाडी लाई अत्यन्तै प्रभावशाली बनाएको भण्डारीले बताए । सिलेरियो एक्समा नेपालमा डुयल एयर ब्याग र एन्टिलक ब्रेकिङ सिस्टमको साथमा उपलब्ध रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

अडियो माउन्टेढ कन्ट्रोल सहितको म्युजिक सिस्टम, किलेस इन्ट्री, ड्राईभरको सिटको उचाई, अघाडी पछाडी घटबढ गर्न सकिने उत्त कारले २३.१ किलोमिटरको माईलेज दिनेछ । कारको बजार मुल्य २६ लाख ९९ हजार रुपैया रहेको छ ।

सिलेरियो एक्स कारको लन्च  भिडियाे 

Comments

comments

Read More

Leave a Comment