गुणस्तरमा कुनै कमि हुन नदिने भन्दै, खुल्याे उर्लाबारीमा संगम स्वीट्सकाे छैठौ शाखा (भिडियाे )

माेरङ । झापाको दमकमा रहेको संगम स्वीट्सले आफ्नो छैठौ शाखाको रुपमा उर्लाबारीमा साखा बिस्तार गरेको छ । रामनवमीको अवसर पारेर संगम स्विट्सले उर्लाबारीमा आइतबार देखी सेवा सञ्चालनमा ल्याएको हो ।

बिगत २२ वर्ष देखी शाहाकारी र गुणस्तरिय मिठाई तथा खानाका लागि संगम स्वीट्स लोकप्रिय रहेको छ । शाखाको उद्धघाटन प्रमुख अतिथि उर्लावारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले गरे । उद्घाटनका क्रममा नगर प्रमुख फागोले पछिल्ला दिनमा खाद्यपदार्थमा हुने गरेको मिसावट विषादिको प्रयोगले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेकाले शुद्धता र गुणस्तरका पक्षमा ध्यान दिन अतिनै जरुरी रहेको बताए । उनले नगरपालिका सधै व्यवसायीहरुको सुरक्षामा कटिबद्ध रहेको र व्यवसायको क्षेत्र विस्तार गर्ने तर कर नवढाउने स्पष्ट पारे ।

उद्घाटन कार्यक्रममा संगम स्वीट्सका सञ्चालक संगम शर्माले उपभोक्ताहरुको ध्यानमा राखेर खाध्य परीकारमा कुनै मिसावट नगरेकै कारण सफल्ता मिल्दै आएको भन्दै गुणस्तरीतामा कुनै कमि हुन नदिने बताए ।

उनले संगम स्वीट्सले सदैव मानव स्वास्थ्यलाई ध्यानमा राखेर व्यवसायीक सेवा पुर्याँउदै आएको बताए । सो स्वीट्सका अर्का सञ्चालक बिमल शर्माका अनुसार दमक सहित विर्तामोड र काठमाण्डौको तीन स्थानमा शाखा सञ्चालनमा रहेका छन् ।

सो कार्यक्रममा नेपाल जेसीजका निर्वतमान राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी, दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, दमक जेसीजका अध्यक्ष चन्द्र खत्री, रेडक्रस उपशाखा दमकका सभापति प्रकाश बुढाथाकी, झापा मोर का सन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Comments

comments

Read More

Leave a Comment