बेरोजगारी समस्याले निम्त्याएको थप समस्या वैदेशिक रोजगार

नेपालको जल्दो बल्दो समस्या बेरोजगारी हो। बेरोजगारी समस्या यौटा व्यक्तिको मात्र नभएर सिङ्गो राष्ट्रको समस्या बनेको छ।

बेरोजगारी समस्याले अर्को समस्या पैदा गरेको छ-वैदेशिक रोजगारी। वैदेशिक रोजगारीलार्इ समस्याको रुपमा मात्रै नलिएर विशेष अवसरका रुपमा समेत लिन थालिएको छ।

वैदेशिक बेरोजगारी नेपालमा दिनानुदिन बढेर गएको छ। आवश्यक बन्दै गएको छ। वैदेशिक रोजगारीका लागि एक वर्षमा पाँच लाख नेपाली जीवन जोखिममा राखेर विदेशिनु परेको तथ्यांक सरकारको छ।

नेपालमा राजनीतिक स्थिरता नभएकाले रोजगारीका सम्भावना घटेको बताइन्छ। शैक्षिक योग्यता र सीपमुलक तालिम प्राप्त गरेपनी नेपालको राजनीतिक अस्थिरता बाधक बनेको छ।

उचित ठाउँमा लगानीको अभाव हुँदा पनि बेरोजगारी बढेको हो। एकातिर वैदेशिक रोजगारीका लागि विदेशीनेको सङ्ख्या दिनहुँ पाँच हजार बढी छ। अर्कोतिर विदेशबाट भित्रिएको रेमिट्यान्सले नेपाली परिवारका अवस्था सुधार गर्न महत्त्वपूर्ण भुमिका खेलेको छ।

विदेशमा आफूले सिकेको सीप तथा प्रविधि भित्र्याउन सकिने सम्भावना पनि छ। वैदेशिक रोजगारीको माध्यम बाट अनेकौं देशसँग समन्ध सुधार गर्न सकिन्छ। यसका दुर्बल पक्ष पनि नभएका होइनन्। दलालबाट ठगिनु पर्ने स्थिति हामिले सुनेका, देखेका छौं। शर्त अनुसारका सेवा सुविधा पाउन पनि गाह्रो छ।

महिलाले यौन दुर्व्यहारको सिकार हुनु परेको छ। अन्य थुप्रै समस्या भोग्नु पर्ने बाध्यता छ। बेरोजगारी समस्या एउटा व्यक्ति, समाजको मात्र नभएर सिङ्गो राष्ट्रकै जल्दो बल्दो समस्याको रुपमा देखिएछ। यो समस्या समाधान गर्न वैदेशिक रोजगारीले ठुलो भूमिका खेलेको छ।

यो समस्या समाधान गर्न सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नु आवश्यक छ। यसले विदेशीने प्रथालाइ कम गर्न सकिन्छ। सीपमुलक तालिम प्रदान गरेर, उर्जा, पर्यटन आदी क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्न सकिन्छ।

यसका लागि नेपाल सरकारले विशेष ध्यान दिनु पर्छ। कुवाको भ्यागुतो कुवामै नहोस्।

नकुल चम्लागाई

काठमाडौं

Comments

comments

Read More

Leave a Comment